ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थान ‘सिन्धुलीगढी’ {फोटोफिचर}

डिसी नेपाल
२० जेठ २०७९ ११:२२

काठमाडौं । सिन्धुलीगढी ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । काठमाडौँबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको सिन्धुलीगढी ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको छ । सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरिएका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ ।

वि.स. १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडहाकिम र सेना बस्न १४ ढोका ५६ झयाल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरी २ तले दरबार बनाइएको थियो । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ ।

बनेपा देखी बर्दिवाससम्मको बीपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी सुगम भएको छ । सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनैति, ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थान हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *