व्यंग्य : सुुध्रिने कि उध्रिने

डिसी नेपाल
२१ जेठ २०७९ ६:४१

यसपाली चुुनाव जितेर आएका र पहिलेपनि जितेर मन लागे अनुुसार नगद खाएका केही अति नै राम्रा वडा अध्यक्षहरुले स्वतन्त्र रुपमा चुुनाव जितेर मेयर बनेका र जनताको चाहना अनुुसार काम गर्छुु भनेका मेयरहरुलाई सहयोग नगर्ने खालका कृयाकलाप पहिलो बैठकबाटै थालनी गर्नुुलाई मतदाताहरुले सारै राम्रो कार्यको रुपमा लिइदिएका छन्। कुरो ठिकै पनि हो।

आफ्नो दलका निकै हेभिवेट ठानिएका, दलद्वारा अति नै योग्य मानिएका, ठूला नेताका श्रीमती र एकाघरका परिवार सदस्य भएकोले उम्मेदवार हुुनेमा तानिएका र आफ्नो क्षमताभन्दा पनि बिभिन्न तरिकाले मतदातालाई भ्रमित पारेर चुुनाव जित्छन् भनेर जानिएका उम्मेदवारहरुलाई अपत्यारिलो तरिकाले जितेर आएपछि सहयोग गर्ने त कुुरै आएन नि।

स्वतन्त्र उम्मेदवार को हैसियतमा चुुनाव जित्ने मेयरको कुुनै दल नभएकोले उसले कुुनै किसिमको छल नगरिकन जनताका समस्या मात्रै हल गर्ने उद्घोष गरेका हुुनाले उनीहरुलाई सहयोग नगर्ने भन्ने केही वडा अध्यक्षहरुलाई जिताएर पठाएकोमा मतदाताहरु खुुसी हुुनुु स्वाभाबिक हो। पहिलेका मेयरले धेरै ठूला ठूला काम गर्छुु भनेर बोलेपनि खासै केही काम हुुन नसकेकोमा पहिलेदेखि अहिलेसम्म वडा अध्यक्ष हुुने महानुुभावहरुले निकै घमण्ड गर्नु ठिकै हो।

यस अघिका मेयरले सय दिनमा सयभन्दा बढी काम गर्ने घोषणा गरेर र त्यही किसिमको भ्रम छरेर भाषण गर्दै हिँडेपनि पाँच बर्षसम्म केही होला कि भनेर कुुर्दाकुुर्दै त्यसै टरेर गएको सबैलाई थाहा भएकै कुुरा हो।

मोनो रेल, मेट्रो रेल, कुुन्नि कतिवटा फ्लाई ओभर, फोहरबाट मोहर कमाउने अति राम्राराम्रा योजना, पार्किङको बैज्ञानिक ब्यबस्थापन, पुुरातात्विक र साँस्कृतिक महत्वका धरोहरहरुको संरक्षण पुुनर्निर्माण मर्मत सम्भार, जताततै पार्कहरुको ब्यबस्था, सडक फुटपाथको मर्मत निर्माण, सडक बत्तिहरुको उचित ब्यबस्था, नदी किनार र अरु सार्बजनिक जग्गाहरुको संरक्षण ब्यबस्थापन, घरघरमा जनताको सेवा, शिक्षामा आमुल सुुधार, स्वास्थ्यमा सबैलाई सहुुलियतपूूर्ण पहुुँच, सुुरक्षित शहरको कल्पना साकार पार्ने योजना, बजारको बैज्ञानिक ब्यबस्थापन, पर्व जात्राहरुको राम्रोसित संचालन आदि आदि बिषयहरुमा चुुनाव भन्दा अघिदेखि उम्मेदवारहरुको योजनाका फेहरिस्त सुुन्दासुुन्दा मतदाताहरु दंग परेर भोट खसालेका थिए।

चुुनाव जितेको मिति देखि कुुर्सी छोडेको मितिसम्म तिनै योजनाहरुको बखान गर्दागर्दा धेरै उखान सुुने सरह मात्रै भयो। कुुनैकुुनै बिषयहरु अलिअलि कार्यान्वयनमा आएका र जनताले थाहा पाएका पनि थिए। यो गर्छुु उ गर्छुु भनेर दिनदिनै खोकिएको तुुलनामा सबैलाई काम चाहिँ रोकिएको महसुुस गराएर आफ्नो कार्यकाल सकिएको र सबै कुुरा पूरा नगर्नको लागि नै बकिएको रहेछ भनेर मतदाताहरुले अहिले राम्ररी बुुझ्न पाए।

पहिलो बैठकमै स्वतन्त्र रुपमा चुनिएको मेयरलाई अप्ठ्यारो पार्न मतदातालाई नपच्ने किसिमको जवाफ फर्काउने, दलका उम्मेदवारले हारेको हुुनाले हारको तुुष निकाल्नको लागि नचाहिँदो मुुद्दा चर्काउने र कुुनैपनि दलको समर्थन छैन भनेर जनताले चुनेको मेयरलाई थर्काउने काम गरेर कार्यकालको सुरुवात गर्नुु ज्यादै राम्रो हो। दलको भित्री निर्देशनलाई राम्ररी कार्यान्वयन गर्न पछि पर्न त हुुँदै भएन।

एउटा साधारण खेलमा वा कुनै सामान्य बाजीमा कसैले धेरै बर्ष अगाडि हराएको छ भने त लामो समयसम्म मनमा रिस रही राख्छ भने यत्रो बर्षसम्मको लगानीबाट जनतालाई ठगानी गर्ने बेलामा आएर अर्कै चिन्नु न जान्नुको मान्छेले भाग खोसेपछि र पहिलेकाले खासै केही नगरेका भनेर पुरानालाई झोसेपछि सहयोग गर्ने त कुरै आएन।

आफन्त उम्मेदवारले हारेपछि, जित्ने ग्यारेन्टी दिलाएर प्राप्त गरेको मेयरको टिकटलाई हारेर अलपत्र पारेपछि र जनताले असली औकातमा झारेपछि आफ्नो दलका बिजयी वडा अध्यक्षहरुलाई भरपुुर प्रयोग गरेर बिजेता मेयरलाई असफल बनाउन खोज्दा जनताले प्रदेश र संघीय संसदको चुनावमा यो भन्दापनि तल गिराउने अनि अरु थप स्वतन्त्रहरुको पोल्टामा भोट छिराउने गरेर यस्ता गतिविधिको मूूल्य तिराउने सम्भावनालाई पनि नकार्न सकिन्न होला।

स्वतन्त्रबाट जित्ने प्रमुुख एउटा मात्रै भएको र उपदेखि लिएर अन्य सबै जनप्रतिनिधि र पदाधिकारीहरु मुुख्य दलहरुकै भागमा गएको हुुनाले सबैले एकै स्वरमा कराएर हल्लाखल्ला गर्दै थर्काएपछि उनीहरुसँग डराएर उनीहरुले भने अनुसारको काम गर्न बाध्य पार्ने उद्देश्यले यसरी कामको सुरुवात गर्नुु ज्यादै सराहनीय कार्य हो।

हेर्दा सानो तहको जन प्रतिनिधि भएपनि दलको माथिल्लो तहसम्म पहुुँच भएपछि जनताको सेवा गर्छुु भन्ने दावेदारी भन्दा माथिकै तावेदारी गर्र्दा फाइदा हुुने कुुरा सबैलाई राम्ररी थाहा छ।

जनताको अगाडि एक्लै चुुनावमा टिकिने र अहिलेसम्म गरे देखाएको कामले सजिलै बिकिने अबस्था नभएपछि आफ्नो स्वार्थपूूर्तिको लागि भन्दापनि देश, जनता, संबिधान, प्राप्त उपलब्धिहरुको रक्षा आदिको लागि भनेर गरिएको गठबन्धन गरेर सबैतिर भ्याउने र जताततै आफ्ना प्रतिनिधि ल्याउने अनि यसबाट आफूले सोच अनुसार नै गोरु ब्याउने आशासहित मैदानमा उत्रँदा पनि स्वतन्त्रले राजधानी लगायत पूर्व पश्चिमका केही महत्वपूूर्ण महानगर र उपमहानगर पालिकाहरुमा लाजमर्दो तरिकाले हराइ दिएकोले त्यस्ता स्वतन्त्रहरुसित रिसाउनुुलाई नौलो मानीराख्न पर्दैन।

एउटा साधारण खेलमा वा कुनै सामान्य बाजीमा कसैले धेरै बर्ष अगाडि हराएको छ भने त लामो समयसम्म मनमा रिस रही राख्छ भने यत्रो बर्षसम्मको लगानीबाट जनतालाई ठगानी गर्ने बेलामा आएर अर्कै चिन्नु न जान्नुको मान्छेले भाग खोसेपछि र पहिलेकाले खासै केही नगरेका भनेर पुरानालाई झोसेपछि सहयोग गर्ने त कुरै आएन।

राजधानीको मेयरलाई असहयोग गरेर तर्साउने र हरुवा दलको निर्देशन अनुुसार समस्या बर्साउने आशय सहित एकजना अनुुभवी वडा अध्यक्षले त वडामा उठेको रकम महानगर पालिका बुुझाउनुु नै गल्ती भएकोले त्यसलाई वडामै राखेर आफ्नो खल्ती भर्न ठिक हुुन्छ भन्ने तर्क गरेको पनि ज्यादै मनासिब देखिन्छ।

बिगतमा हाम्रा तर्फबाट चुुनाव जितेर मेयर भएकाहरुले जनताका काम भन्दा आफ्नो मामतिर मात्रै ध्यान दिएको हुुनाले यसपालि ज्यान फालेर लाग्दापनि हारियो भन्ने ज्ञान लिएको भए अलि राम्रो देखिन्थ्यो होला।

जसले जहाँ बिभिन्न शिर्षकमा जति रकम उठाउँछ उसैले राख्ने भए त भन्सारमा, राजस्वमा, मालपोतमा, अन्य रकम उठाउने सरकारी निकायमा, फि उठाउने ठाउँमा, जरिवाना तिराउने ठाउँमा, बैँकमा आदि सबै ठाउँमा उठ्ने रकम त्यहीँ खर्च गर्न पाउनु पर्छ भनेजस्तो तर्क गर्ने अत्यन्त इमान्दार, बिकासप्रेमी , जनमुुखी वडा अध्यक्षहरु प्रशस्त मात्रामा भएपछि महानगरको बिकासको लागि अरु को नै चाहिएला र?

पाँच दलको निकै बलियो गठबन्धन गरेर बालकोटे कामरेडको पत्तासाफ हुुने गरि स्थानीय सत्ता कब्जा गर्ने सुुबिचारले गरिएको गठबन्धन भनिएपनि राजधानीको महानगरमा स्वघोषित महान नेता खुुमलटारे कामरेड र स्वघोषित महान नैतिकवान नेता कोटेश्वरे कामरेडको त बिउपनि नआएको र एउटै पदपनि नपाएको देख्दा गठबन्धनमा धोका भएको हो कि नगदका पोका बितरणमा कमी भएको हो केही बुुझ्न नसकेर जनता अलमलमा परेका छन्।

स्वघोषित महान नेताले चुुनाव सकिएपछि बोली फेरेको सुुनेर काम सकिएपछि बिषयलाई अर्कै तरिकाले हेरेको हो कि प्रदेश र संसदको चुुनावको नतिजा अनुुमान गरेर भित्रभित्रै डरले छेरेको हो भन्ने बुझ्न बाँकी नै छ। बालकोटे कामरेडलाई यही चुुनावदेखि राजनीतिको मूूलधारबाटै सदाको लागि हटाउने र सबै ठाउँमा हराएर धुुलो चटाउने घोषणा गरेका कोटेश्र्वरे कामरेडका उम्मेदवार पनि चुुनाव उठेका छन् भन्ने जनताले थाहै नपाएको हो कि भोट नै नआएको हो केही थाहा भएन।

यो चुुनावमा हाम्रो दल सबैभन्दा ठूलो दल भएर आउँछ,हाम्रो प्रतिनिधिले शुुभलाभ गर्ने धेरै स्थान पाउँछ र हाम्रो भाइ फुुटे गवाँर लुुटे शैली सबैतिर छाउँछ भन्ने उनको उद्घोष जनताको कानमा पुग्नै पाएको रहेनछ कि क्या हो।

एक्लाएक्लै चुनावमा भिड्न र अरुको बैशाखी नटेकिकन हिँड्न नसकेपछि भागबन्डा गरेर बाँडीचुँडी खाने उद्देश्य भए पनि यसो हेर्दा अरुलाई बेवकुफ बनाएर बुढानिलकण्ठे सभापतिले नै बढी फाइदा उठाए जस्तो देखिएको हुनाले यसलाई राम्रो रुपमा नलिनेहरुपनि प्रशस्त देखिन्छन्।

यति गर्दागर्दैपनि भरतपुुरमा छोरी जिताउने ध्याउन्नले अन्यत्र केही गर्नै भ्याउन्न भने जसरी खुुमलटारे कामरेडको चुुनावी खटाइले अन्त नजितेपनि केही छैन भनेजस्तो देखियो। राजधानीमा पार्टी सभापतिलाई बिगतमा गरेको चाकडीपूर्ण समर्पणको बक्सिस हो कि टिप्स बापत पाएको मेयरको टिकटमा श्रीमती जिताउने भन्दा अन्य कुरा चिताउने कुुनै आबश्यकता नदेख्ने भेडा बुद्धिलाई जनताले निकै साथ दिएकै हुुन्।

एक्लाएक्लै चुनावमा भिड्न र अरुको बैशाखी नटेकिकन हिँड्न नसकेपछि भागबन्डा गरेर बाँडीचुँडी खाने उद्देश्य भए पनि यसो हेर्दा अरुलाई बेवकुफ बनाएर बुढानिलकण्ठे सभापतिले नै बढी फाइदा उठाए जस्तो देखिएको हुनाले यसलाई राम्रो रुपमा नलिनेहरुपनि प्रशस्त देखिन्छन्।

त्यति गर्दापनि स्वतन्त्र उम्मेदवारले सोचेभन्दा बढी भोट ल्याएपछि अहिले असहयोग गर्न वडा अध्यक्षहरुलाई उचाल्नुुभन्दा सुुध्रिनुु राम्रो होला भन्ने अर्ति नसुन्ने हो भने छिटै नै राजनीतिको जर्ति भइएला भनेर बेलैमा होश पुर्‍याएको बेश हुन्छ कि?

चुुनावमा गठबन्धन हुुने कुुरा खासै नौलो होइन। धेरै पहिलेदेखि नै उ उसित मिल्यो र उसले फलानालाई सहयोग गरेर फलानालाई निल्यो भन्ने हल्ला चुुनावै पिच्छे सुनिन्छ।

चुनावमा आफ्नो स्वार्थ पूरा गरेर फेरि अर्को स्वार्थसिद्ध गर्दै र यही तरिकाले राजनीतिको केन्द्रमा बसेर डकारुन्जेल चर्दै आएका खुुमलटारे कामरेडले धम्की र घुर्कीको भाषा बोल्दै राजनैतिक फाइदा लिँदै आएको देख्दा अरुले कुुरा नबुुझेका हुुन् कि भन्ने मुर्खहरु पनि छन्।

अरुले कुुरा नबुुझेको भन्दा पनि आफ्नो हुतीले जनताको लागि बलियो गरि खुट्टा टेक्ने र सही बाटो समाउने भन्दा आँखा चिम्लेर कमाउने अनि त्यसैमा सारै राम्रो राजनीति गरियो भनेर रमाउने गरेको हुुनाले खुुमलटारेको धम्की र घुर्कीले सँधैभरि फाइदा उठाइ रहेको हुन सक्छ।

उनको राजनीति चलाउने क्षमताको दल नभएपनि मनोबैज्ञानिक रुपमा अरु प्रतिस्पर्धी दल, नेताहरु र जनतालाई एकैचोटि मनोबैज्ञानिक त्रास देखाएर तर्साइ राख्ने अनि यसैबाट राजनीतिको मिठो चास्नी चाख्ने गर्दै आएको धेरै बर्ष भइसक्यो।

जनयुद्ध नाम दिएर गरिएको धनयुद्ध अघिदेखि अहिलेसम्म पनि यही सिलसिला चल्दै र यही माध्यमबाट उनको राजनैतिक लाभ फल्दै आएकोमा यो फर्मुुला ढल्दै जान थालेको हुनाले गल्दै जान थालेर उनको धम्की घुर्कीको मात्रापनि बढ्दै जान थालेको छ।

स्थानीय चुुनाव अगाडि कुुनैपनि हालतमा जसरी भएपनि छोरीलाई नजिताए देश दुुर्घटनामा जान्छ भनेर मतदाता तर्साए। चुुनावपछि छोरी जिताउन सबैथोकको तिलाँजली दिएर सघाउने र गठबन्धनबाट सोचेभन्दा बढी सिट जितेर अघाउने बुढानिलकण्ठे सभापतिको दललाई घुुर्काउने र धम्काउने काम सुरु भइसकेको छ।

उसले चुुनाव जितेको अहँकार र दम्भ देखाएमा बालकोटेलाई लगाए जसरी नै ठेगान लगाइ दिने धम्कीको भाषा आइसक्यो र यिनलाई प्रदेश र संघीय संसदको चुुनावी भुतको डरले खाइसक्यो भन्ने बुझिन्छ।

आफूले धेरै मेहनत गरेर बुढानिलकण्ठेलाई सरकार प्रधान बनाएको र निहूँ खोजेर आफूले भने अनुसार नचलेमा त्यहाँबाट खँगारेर फालिदिने वा छुस्स पारेर सरकार ढालिदिने खालको कदमसमेत चालिदिने धम्की दिएको राम्रै हो।

यसअघिको स्थानीय चुुनावमा पहिले बुढानिलकण्ठे सभापतिसित मिलेर छोरीलाई जिताएको र लगत्तै बालकोटेसित मिलेर आफूले सांसद पद जितेर अरुलाई बिताएको कसैले बिर्सेका छैनन् होला।

सबैलाई तर्साएर धम्काएर घुुर्काएर छोरीलाई मेयर पदमा उतारी सकेपछि अब आफ्नो जित निश्चित गर्नको लागि कोसित अस्थायी मित लगाएर चुुनाव जितिसकेपछि चित हुुने गरि पछार्ने हो भनेर यो कार्ड फालेको र आफ्नो दुुनो सोझ्याउन थालेको बुुझ्नेलाई कुुनै नयाँ कदम चालेको हो भन्ने लागेको छैन।

यो उहाँको बिगत देखि भबिष्यसम्मकै राजनैतिक फर्मुुला हो भन्ने सबैलाई थाहा भएकै बिषय हो। उहाँको राजनैतिक उदय भएदेखि अहिलेसम्म भएका सबै सरकार प्रधानहरु उहाँकै कृपाबाट भएका र उहाँकै दयामायाले त्यहाँसम्म गएका भन्ने उनको भनाइलाई पत्याउनेहरुलाई त्यत्तिकै लत्याउने कुरा आउँदैन।

सबैलाई सरकार प्रधान बनाउन सक्ने शक्ति भएका ब्यक्तिले बाँचुुन्जेल आफैं त्यसमा नबसेर किन कहिले कसको कहिले कसको भक्ति गर्दै छोरी र आफूलाई चुुनाव जिताइ दिन रोइ कराइ गर्दै धम्की र घुुर्की देखाउँदै हिँड्नुुपनि स्वघोषित महान नेताको स्वघोष्ति महानता नै होला भनेर भन्न सकिन्छ।

भैंसी देख्दा जोगी तर्सिने, जोगी देख्दा भैंसी तर्सिने भने जस्तो बालकोटे देखेर गठबन्धन तर्सिने, गठबन्धन देखेर बालकोटे कामरेड तर्सिने अचम्मको चुुनाव सकिए पनि र हामिले आफ्नो इज्जत जोगायौँ भनेर जतिसुुकै ठूलो स्वरमा बकिएपनि बैशाखि नभइकन पाइला चाल्ने र जनताको हितमा काम गर्न थाल्ने परिपाटीको सुरुवात अहिलेसम्म हुुनै सकेको रहेनछ भन्ने यसैबाट प्रमाणित भएको छ।

जनताको हितमा यो यो काम गर्छुु भन्ने योजनासहित अगाडि आएर स्वतन्त्र हैसियतमा चुनाव जित्ने जनप्रतिनिधिहरुलाई सहयोग नगर्न दलका लठैतरुपी वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुलाई नै दलहरुले परिचालन गर्ने र यसैबाट आफ्नो अकर्मण्यताको ढाकछोप गर्न अघि सर्ने अनि यसैबाट जनताका सबै आकाँक्षाहरु टर्ने बिश्वासकासाथ स्वतन्त्रहरुलाई असहयोग गर्दै जाने हो भने दलको भबिष्यको बिषयमा पनि चिन्तित हुन थालेका महानुुभावहरुको सोचाइलाई ठिकै मान्न सकिएला।

तीन दशकभन्दा बढि समय भइसक्दा र राजनीतिको ठेक्का लिनेहरुको कारणले देश रसातलमा गइसक्दापनि स्वतन्त्र उम्मेदवारहरुलाई सराप्नुु बाहेक आफू सुुध्रने बिचार नगर्दा अझ बढी कमजोरी उध्रने पक्का भएकोले आगामी दिनहरुमा जोडको धक्का खेप्न पर्ने देखिएकोले स्वतन्त्रहरुलाई हेप्न छोडेर सहयोग गर्दै अघि बढ्न राम्रो हुने हुनाले सुध्रिने हो कि उध्रिने हो यहाँहरुको आफ्नै बिचार।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *