यती एयरलाइन्सको हालसम्म ६ वटा विमान दुर्घटना : ९८ जनाले ज्यान गुमाए

डिसी नेपाल
२० जेठ २०७९ ११:४९

काठमाडौं। गत आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज मुस्ताङको थसाङ-२ मा दुर्घटना हुँदा चालक दलको ३ सदस्य सहित विमानमा सवार २२ जनाको मृत्यु भयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो ७६ वर्षमा ५२ वटाभन्दा बढी जहाज तथा हेलिकप्टर दुर्घटनामा परेका छन्।यो तथ्याङ्क हेर्दा नेपालमा सबैभन्दा धेरै यती एयरलाईन्सको विमान दुर्घटना भएको छ।

यती एयरलाइन्सको जहाज पहिलो पटक सन् २००४ मा लम्जुङमा दुर्घटना भएको थियो। सो घटनामा ३ जनाले ज्यान गुमाएका थिए।

दोस्रो पटक यती एयरलाइन्सको जहाज सन् २००६ मा दुर्घटना भएको थियो। जुम्लामा भएको उक्त दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए। सोही वर्ष यती एयरलाइन्सको अर्को जहाज लुक्लामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १९ जनाको ज्यान गएको थियो।

त्यस्तै यती एयरलाईन्स कै स्वामित्वमा रहेको तारा एयरको जहाज सन् २०११ मा ओखलढुंगामा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए। त्यस्तै तारा एयरको जहाज सन् २०१६ मा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो।

नेपालमा जहाज दुर्घटनाको इतिहासः ५२ भन्दा बढी जहाज दुर्घटना हुँदा साढे ८ सयभन्दा बढीको मृत्यु




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *