एक करोड १९ लाख ठगीका अभियुक्त पक्राउ
काठमाडौं । करोड बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले रु एक करोड १९ लाख ८४ हजार ठगीसम्बन्धी कसूरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले नयाँ बजारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको कार्यालयले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment