डडेल्धुरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
२० जेठ २०७९ २२:०७

धनगढी । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा बजारबाट पुइलेकतर्फ गइरहेको ३६२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

अमरगढी नगरपालिका वडा नम्बर ६ का सजन ताम्राकारको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

यस्तै मोटरसाइकलमा सवार सोही ठाउँका मुकेश ताम्राकार घाइते भएको र उनको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *