उर्फी जावेदले पार गरिन् हद

डिसी नेपाल
२१ जेठ २०७९ १२:११

काठमाडौं । सामाजिक सञ्जाल सेन्सेसन उर्फी जावेदले के गर्लिन् भन्ने सोच्नु पनि कठिन लाग्छ । किनभने हामी जे सोच्छौं, उर्फी हाम्रो सोचभन्दा चार पाइला अगाडि बढ्छिन्। तर यसपटक उर्फीले कल्पना गर्नै गाह्रो काम गरेकी छिन् । भिडियो अलिक ध्यान दिएर हेर्नुहोस किनकी हेरेपछि हल्का झट्का लाग्न सक्छ ।

हालसम्म उर्फीले विभिन्न किसिमका अनौठा लुगा लगाएकी छिन् । तर यसपटक फेसनका सबै हद नाघ्दै उनले बोराको लुगा बनाएकी छिन् । हो, एउटै बोरा… जुन प्राय: तरकारी र राशन जस्ता चीजहरू भर्न प्रयोग गरिन्छ। उर्फीले यो बोराको लुगा कसरी बनाइन् होला ? सोच्न नसके यो भिडियो हेरेर बुझ्न सजिलो हुनेछ ।

 

View this post on Instagram

 

A post shared by Uorfi (@urf7i)

उर्फी जावेदले इन्स्टाग्राममा भिडियो पोस्ट गरेकी छिन् । भिडियोमा उनले पहिले मानिसलाई बोरा देखाउँछिन् । यसपछि उनी त्यही बोराबाट क्रप टप र स्कर्ट बनाउँछिन् । बोराको टप र स्कर्ट लगाएकी उर्फीलाई हेर्दा पत्याउनै मुस्किल पर्छ कि यो उर्फीले गरेको हो । यति मात्र होइन उर्फीले मात्र १० मिनेटमा यो ड्रेस बनाएकी छिन् । उर्फीको यो प्रतिभाको लागि ताली।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *