माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि… 

डिसी नेपाल
२१ जेठ २०७९ १३:०६
496
Shares
बैंकक । थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो ।

सुन्दा नाटकीय लाग्ने सो घटनामा फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मान एउटा माछा ती व्यक्तिको मुखभित्र पसेको थाइ सञ्चार माध्यमहरूले जनाएका छन् ।  माछा भित्र पसेपछि उनी निसासिएका थिए ।

श्वास फेर्न नसकेपछि घाँटी समाएर अत्तालिएका उनलाई स्थानीयले फथलुङ प्रादेशिक अस्पतालमा पु¥याएका थिए ।एक घन्टा लामो शल्यक्रियापछि रगतले भरिएको माछालाई उनको घाँटीबाट बाहिर निकालिदिएका थिए । उपचारपछि पहिल्यकै अवस्थामा पुगेका उनी अस्पतालबाट डिस्चार्जसमेत भएका छन् ।

‘मुखभित्र माछा पस्ने घटना निकै दुलर्भ हो । यस्तो केस मैले पहिले कहिल्यै देखेको थिइनँ,’ डा. सर्मश्री पाथोमपानिच्रतले भने,  ‘हाम्रा डाक्टरहरूले हाम्रो बिरामीको अंगमा हुने क्षतिलाई कम गर्न कडा मेहनत गरे। उनीहरूले बिरामीलाई सफलतापूर्वक बचाएका छन् ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *