युवतीलाई करोडौं ऋण लाग्यो, तिर्नका लागि निकालिन् यस्तो उपाय

डिसी नेपाल
२२ जेठ २०७९ १६:०५

काठमाडौं । एउटी युवतीले पढाइका लागि विद्यार्थी ऋण लिएकी थिइन् । विस्तारै ऋणको बोझ बढ्दै गयो । यो बढेर करोडभन्दा माथि पुग्यो । यो फिर्ता गर्न उनले आफ्नो डिम्ब बेच्ने निर्णय गरिन्। उनले कुल ५ पटक आफ्नो डिम्ब बेचिन् । जसबाट उनले लाखौं रुपैयाँ पनि कमाइन् ।

युवतीको नाम क्यासान्ड्रा जोन्स हो। उनी न्यूयोर्ककी निवासी हुन् । २८ वर्षीया यी युवती पेसाले स्वतन्त्र भिडियोग्राफर हुन् । उनी सामान्यतया गैर नाफामूलक संस्थाहरूसँग काम गर्छिन्। किनेसियोलोजीमा स्नातक डिग्री र सार्वजनिक स्वास्थ्यमा स्नातकोत्तर डिग्री हासिल गरेपछि, जोन्सले आफूसँग १ करोड रुपैयाँभन्दा बढीको विद्यार्थी ऋण रहेको थाहा पाइन्।

फक्स न्युजसँगको कुराकानीमा उनले १५ वर्षको उमेरदेखि नै कलेजको खर्चलाई लिएर चिन्तित रहेको बताइन् । त्यतिबेला उनी क्यालिफोर्नियामा बस्थिन् र फ्री कम्युनिटी कलेजबाट हाईस्कूल पास गरेकी थिइन्। त्यसपछि फ्री कम्युनिटी कलेजबाटै थप पढाइ जारी राखिन् । यस अवधिमा उनले दुई एसोसिएट डिग्री हासिल गरिन्।

त्यसपछि जोन्स क्यालिफोर्नियाको ला भेर्न विश्वविद्यालयमा भर्ना भइन् । उनले पिज्जा डेलिभर गर्नुका साथै भिडियो निर्माणको काम पनि गर्थिन् । जसले गर्दा उनले कलेजको खर्च धान्न सकून् । यसका बाबजुद पनि उनले स्नातक गरिसकेपछि उनीसँग करिब १९ लाखको विद्यार्थी ऋण थियो।

जोन्सलाई केही साथीहरूले डिम्ब दानको बारेमा बताए। महिलाको डिम्बबाट मात्र भ्रूण बन्ने गर्छ, जसका कारण बच्चा जन्मन्छ । हरेक दानबाट ६ हजारदेखि १० हजार डलरसम्म कमाउन सकिने साथीहरूले बताए । यसपछि, जोन्सले प्रक्रियाको बारेमा जानकारी सङ्कलन गरिन् र आफ्नो डिम्ब क्यालिफोर्नियाको प्रजनन र स्त्री रोग केन्द्रमा दान गरिन्। उनले ६ हजार डलर कमाइन् ।

जोन्सले न्यूयोर्क विश्वविद्यालयमा कक्षाहरू सुरु गर्नुभन्दा एक दिन अघि अगस्त २०१७ मा पहिलो डिम्ब दान गरिन्। उनले न्युयोर्क विश्वविद्यालयबाट करिब २५ हजार डलरको छात्रवृत्ति पनि पाइन् । यसका बाबजुद पनि उनले करिब १ करोड ऋण लिनुपरेको थियो । स्नातकसम्ममा यो रकम बढेर करिब १ करोड ३० लाख पुगेको थियो ।

जोन्स कलेज पछि काम पाउन असमर्थ थिइन् । दैनिक खर्च र बढ्दो ऋणलाई हेरेर उनले फेरि ४ पटक डिम्ब दान गरिन् । तर, यसबाट पनि उनले करिब ४६ हजार डलर मात्रै जुटाउन सकेकी छन् ।

यद्यपि, सयौं आवेदनहरू पेश गरेपछि, जोन्सले अन्ततः पूर्ण-समय जागिर पाइन् । धेरै कठिनाइहरूको सामना गरेपछि जोन्सले भनिन्- म निराश छु कि प्रणालीले हाम्रो शिक्षाको लागि यति धेरै पैसा लिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *