पश्चिमा देशले युक्रेनलाई लामो दूरीका हतियार पठाएमा युक्रेनमा थप आक्रमणः पुटिन
किभ। पश्चिमी देशहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू पठाएमा रुसले युक्रेनमा आक्रमण गर्ने लक्ष्यहरूको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । रुसी सेनाको विस्फोटका कारण राजधानी किभका विभिन्न भागमा आइतबार ठूलो क्षति भइरहेका बेला पुटिनको चेतावनी आएको हो ।
रुसले युरोपेली देशहरूबाट आपूर्ति गरिएका ट्यांकमा आक्रमण गरेको बताएको छ । युक्रेनले यो रेल मर्मत संयन्त्र भएको बताएको छ । त्यस्तै अर्को घटनामा, एक रूसी जनरल दोनबास क्षेत्रमा लडाइँमा मारिएका छ ।
रूसले मार्चको अन्त्यमा किभ क्षेत्रबाट फिर्ता गरेपछि दोनबासमा आफ्नो सैन्य प्रयासहरू पुनः केन्द्रित गरेको छ । रूसले त्यहाँ स्थल मार्गमा ढिलो तर स्थिर प्रगति गरिरहेको बेला धेरै देशहरूले किभलाई अत्याधुनिक हतियार पठाउने वाचा गरेका छन् ।
हालै अमेरिकाले एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली एचआईएमएआरएस पठाउने घोषणा गरेको थियो । यसले ७० किलोमिटरसम्म प्रहार गर्न सक्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment