इमरान खानको हत्याको हल्ला, इस्लामाबादमा सुरक्षा एजेन्सी हाइ अलर्टमा
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या गर्ने षड्यन्त्रको हल्ला फेरि एकपटक चर्किएको छ । शनिबार, इस्लामाबाद पुलिस विभागले बनी गालामा इमरान खानको आगमनलाई ध्यानमा राख्दै वरपरका क्षेत्रहरूमा सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको बताएको छ।
इस्लामावाद पुलिसका प्रवक्ताले शनिबार बताएअनुसार इस्लामाबादमा धारा १४४ पहिले नै लगाइएको छ र कुनै पनि प्रकारको सभा, र्याली, जमघटमा प्रतिबन्ध लगाइएको छ। इस्लामाबाद पुलिसको ट्वीटका अनुसार पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको बनी गालामा सम्भावित आगमनलाई ध्यानमा राख्दै क्षेत्रमा सुरक्षा बढाइएको छ र उच्च सतर्कता जारी गरिएको छ।
सुरक्षा विभागले बनी गालामा विशेष सुरक्षा तैनाथ गरेको विज्ञप्तिमा उल्लेख छ । बनी गालामा रहेका व्यक्तिको नामावली अहिलेसम्म प्रहरीलाई दिइएको छैन । धारा १४४ इस्लामाबादमा लागू छ र जिल्ला मजिस्ट्रेटको आदेश अनुसार कुनै भेला गर्न अनुमति छैन। इस्लामावाद प्रहरीले इमरान खानलाई कानुनबमोजिम पूर्ण सुरक्षा दिने र इमरान खानको सुरक्षा टोलीबाट पनि सहयोगको अपेक्षा गरेको प्रहरीले जनाएको छ ।
इमरान खानका भतिजा हसन नियाजीले पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका प्रमुखलाई केही भयो भने त्यसलाई पाकिस्तानमाथिको आक्रमण मानिने बताएका छन्। इमरान खानका भतिजा हसन नियाजीले भने, ‘हाम्रा नेता इमरान खानलाई केही भए त्यसलाई पाकिस्तानमाथि आक्रमण मानिनेछ। यसको हवाफ आक्रामक हुनेछ, ह्यान्डलरहरूले पनि पछुताउनेछन्।’
फवाद चौधरीले पहिले भनेका थिए कि पीटीआई अध्यक्ष इमरान खान आइतवार इस्लामाबाद आउँदैछन्। चौधरीले अप्रिलमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको हत्या गर्ने षडयन्त्रको बारेमा देशका एजेन्सीहरूले जानकारी दिएको बताएका थिए। पाकिस्तानी अखबार डनले उनलाई उद्धृत गर्दै भनेको थियो, ‘यी रिपोर्टहरूपछि सरकारको निर्णयअनुसार प्रधानमन्त्रीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।’
पाकिस्तान तहरीक-ए-इन्साफका नेता फैसल वावदाले पनि पाकिस्तानी प्रधानमन्त्रीको हत्या गर्ने षड्यन्त्र भएको दाबी गरेका थिए। आफ्नो पत्रमा प्रधानमन्त्रीको हत्याको षड्यन्त्र भएको उल्लेख गर्दै वावदाले पाकिस्तानका प्रधानमन्त्रीको ज्यान खतरामा रहेको बताएका थिए ।
उनले थप भनेका थिए कि खानलाई इस्लामाबादको परेड ग्राउन्डमा उनको र्यालीमा बुलेटप्रुफ चश्मा प्रयोग गर्न सल्लाह दिइएको थियो। डनले वावडाको भनाइलाई उद्धृत गर्दै भनेको थियो, ‘तर सधैँझैँ उनले भने अल्लाहले चाहेपछि मेरो मृत्यु आउँछ यसको बारेमा चिन्ता नगर्नुहोस्।’







डिसी नेपाल







Facebook Comment