बंगलदेशमा कन्टेनर डिपोमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

डिसी नेपाल
२४ जेठ २०७९ १२:३५
56
Shares

ढाका। बंगलादेशमा कन्टेनर डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ। दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर टाढा सीताकुण्डस्थित एउटा कन्टेनर डिपोमा लागेको आगो तीन दिनपछि अग्निनियन्त्रकहरूले नियन्त्रणमा लिएका हुन्।

डिपोमा भएको आगालागी विस्फोटमा ९ अग्निनियन्त्रकसहित ४१ जनाको मृत्यु भएको छ । डिपोले सुरक्षा मापदण्ड नअप्नाएको अधिकारीहरूले जनाएका छन्। शनिबार लागेको सो आगो निभेको स्थानमा धुँवा र जलेका कन्टेनर ड्रोन फुटेजमा देख्न सकिन्छ।

अधिकारीहरूले आगलागीको कारण पत्ता लगाएका छैनन। तर, डिपोभित्र विस्फोटक पदार्थको आशंका गरेका छन् । गृहमन्त्री असदुज्जमान खानले घटनाको अनुसन्धान थालिएको र दोषीलाई कारबाही गरिने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *