अमेरिकामा दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु

डिसी नेपाल
२४ जेठ २०७९ १३:१५
240
Shares

न्युयोर्क। अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ। अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात चलाउदा बाबुको मृत्यु भएको हो। अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृत घोषणा गरेका थिए।

प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली प्रहार गरेको अनुमान गरेका थिए। तर, अनुसन्धान गर्ने क्रममा उनको मृत्यु दुई वर्षीय बालकले चलाएको बन्दुकबाट मृत्यु भएको खुल्न आएको ओरेन्ज काउन्टी शेरिफ जोन मिनाले पत्रकार सम्मेलनमा जानकारी दिए। पीडितको घरमा प्रहरी पुग्दा बच्चाकी आमा मारी आयलाले आफ्नो पति रेगी म्याब्रीलाई सीपीआर दिएकी थिइन्।

गोली चल्दा पाँच महिनाकी बालिकासहित परिवारका पाँचै जना सदस्य एउटै कोठामा थिए। बालबालिकालाई बेवास्ता र लागुऔषध प्रयोगमा दुबै दम्पत्तिमाथि धेरै अपराधको अभियोग लागेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *