नेपालमा बसिरहेका भारतीयहरू अब दूतावासमा दर्ता हुनुपर्ने
काठमाडौं । अब नेपालमा बस्ने भारतीयहरूले आफूलाई काठमाडौंस्थित भारतीय दूतावासमा दर्ता गराउनुपर्ने भएको छ । यस सम्बन्धमा नेपालस्थित भारतीय दूतावासले सूचना हारी गर्दै जानकारी दिएको छ ।
दूतावासले ट्वीट गर्दै कुनै पनि कूटनीतिक सुविधा लिनका लागि भारतीयहरूले दूतावासमा दर्ता गर्नु आवश्यक भएको बताएको छ। यसका लागि दूतावासको वेबसाइटमा गएर अपोइन्टमेन्ट बुक गर्न सकिन्छ।
Indian Community residing in Nepal is requested to register themselves with Embassy of India, Kathmandu.
For more details, please do visit: https://t.co/E6QVJ8Jt33@MEAIndia pic.twitter.com/F0y9ZO3IsA
— IndiaInNepal (@IndiaInNepal) June 7, 2022
दर्ताका लागि अनिवार्य हुने कागजातहरूमा भारतीय भएको प्रमाण (राहदानी वा मतदाता परिचयपत्र), जागिर/विद्यार्थी/आदि सम्बन्धित संस्थाको परिचय पत्र, नेपालमा बसेको ठाउँको ठेगानाको प्रमाण र दुईवटा पासपोर्ट साइजको तस्विर समावेश छ।







डिसी नेपाल







Facebook Comment