गोवामा श्रीमानकै अगाडि बेलायती महिलाको बलात्कार

डिसी नेपाल
२५ जेठ २०७९ ८:४९
2.1k
Shares

तेहरान। भारतमा एक बेलायती महिला श्रीमानकै अगाडि बलात्कृत भएकी छन्। मसाज गराउने बहानामा एक स्थानीय पुरुषले गोवाको अरामबोल समुद्र तटनजिकै उनलाई बलात्कार गरेका हुन्। बलात्कार आरोपित स्थानीय भिन्सेन्ट डिसोउजा अरामबोल तटनजिक मसाज सेवा दिने एउटा अबैध समूहका सदस्य रहेको बुझिएको छ।

प्रहरीका अनुसार उनले यसअघि एउटा विद्यालयको पुस्तकालयमा काम गर्थे। प्रहरीले उनलाई सोमबार नै पक्राउ गरेको छ।

गोवा घुम्न आएकी पीडित महिलाले प्रहरीलाई दिएको उजुरीअनुसार समुद्र तटनजिकै रहेकोे पानी तालको छेउमा पुरुष साथीसँग सुतिरहेको बेला मसाज गराउने बहानामा आरोपीले बलात्कार गरेका थिए।

सो घटना २ जुनमा भएको थियो । तर, महिलाले बेलायतमा रहेका आफ्ना परिवारका सदस्यहरूसँग सल्लाह गरेर सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् । उनलाई भारतस्थित बेलायती दूतावासले पनि सहयोग गरेको थियो।

उजुरी पाएको एक घण्टाभित्र इन्स्पेक्टर विक्रम नाइकको नेतृत्वको प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो। प्रहरीले आरोपितबारे थप अनुसन्धान गरिरहेको छ। प्रहरीले सोमबार राति नै आरोपित र पीडित दुबैको मापुसा सहरको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *