पाकिस्तानमा पोलियो नियन्त्रणमा चुनौतीः आठौँ बालकलाई पक्षघात

डिसी नेपाल
२५ जेठ २०७९ ९:५५
52
Shares

इस्लामाबाद। पाकिस्तान र अफगानिस्तान विश्वका दुई बाँकी देशहरू हुन् जहाँ पोलियोलाई अझै पनि स्थानीय भाइरल संक्रमणको रूपमा वर्गीकृत गरिएको छ। पछिल्लो समय पाकिस्तानको अवस्था बिग्रिएको छ।

बेलायती समाचार संस्था दि गार्जियनका अनुसार अफगानिस्तानको सिमानानजिक उत्तरी वजिरिस्तान जिल्लामा गत महिना आठ पोलियोका केस रिपोर्ट गरिएका छन्।

केसमा भएका बृद्धिप्रति अधिकारीहरू चिन्तित छन्। किनभने रिपोर्ट गरिएका केसहरू एक वर्ष भन्दा बढीको अवधिमा पहिलो पटक देखिएका हुन् । पोलियोका कारण गत वर्षको जनवरीमा एक बच्चामा पक्षाघात भएको थियो।

‘भाइरस नियन्त्रण गर्न हाम्रो तर्फबाट सक्दो प्रयास गरेका छौँ र अन्त्यसम्म हामी लडिरहेनेछौँ’ पोलियो उन्मुलसम्बन्धी राष्ट्रिय कार्यक्रम संयोजक शहजाद बेगले भने। अधिकारीहरूका अनुसार पछिल्लो प्रकोप सम्भवतः आमाबाबुले आफैं र आफ्ना बच्चाहरूलाई खोप लगाएको गलत रूपमा चिन्ह लगाउदा भएको हो।

सो भूभाग तालिबानको कडा पकड रहेको क्षेत्र पनि हो। पाकिस्तानका निश्चित क्षेत्रमा अझै पनि खोप अस्वीकार दर उच्च छ, जसका कारण भाइरस नियन्त्रणमा चुनौती थपिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *