आफैसँग बिहे गर्छु भनेकी युवतीले बिहे गराइदिने पण्डित पाइनन्

डिसी नेपाल
२५ जेठ २०७९ १२:५२

काठमाडौं । आफैंसँग विवाह गर्ने घोषणा गरिसकेकी युवती क्षमा बिन्दुको समस्या झन बढेको छ । पहिले मन्दिरमा उनलाई विवाह गर्न नदिने भन्दै विरोध भयो । अब पण्डितले यस्तो विवाह गराउन अस्वीकार गरेका छन् । पण्डितले यसरी बिहे गर्न नसकिने बताए । गुजरातको वडोदरा निवासी क्षमाले जुन ११ मा आफूसँग विवाह गर्ने निर्णय गरेकी छन् ।

मिडिया रिपोर्टका अनुसार क्षमाले पहिले विवाह गर्ने कुरा गरेको पण्डित अहिले पछि हटेको बताइएको छ । यस्तो अवस्थामा अब उनले टेपमा मन्त्र बजाएर मात्रै बिहे गर्नेछिन् । यति मात्र होइन, क्षमाले परम्परागत ढंगले विवाह गर्ने बताएकी छन् । त्यसपछि उनले विवाह दर्ता पनि गर्नेछिन्।

भारतमा आफैंसँग विवाह गर्ने कुनै नियम छैन। तर, त्यसो गर्नु गैरकानुनी पनि होइन । यस्तो अवस्थामा परम्परागत ढंगले विवाह गरेपछि दर्ता पनि गराउनेछिन् । यो मानिन्छ कि भारतमा यो पहिलो घटना हो, जब कसैले आफैंसँग विवाह गर्न लागेको छ।

क्षमाले गोत्रीको मन्दिरमा विवाह गर्न लागेकी थिइन् । तर विरोधका कारण उनले यो निर्णय परिवर्तन गर्नुपरेको थियो । बडोदरा भाजपाकी उपाध्यक्ष तथा सहरकी पूर्व उपमेयर सुनिता शुक्लाले यो विवाहको विरोध गरेकी थिइन् ।

उनले हिन्दु मन्दिरमा यस्तो विवाह हुन नदिने बताइन् । यस्ता विवाहका कारण हिन्दुहरुको जनसंख्या कम हुने उनको दाबी छ । सुनिता शुक्लाको विरोधपछि अब क्षमाले मन्दिरमा बिहे नगर्ने निर्णय गरिन् ।

सुनिता शुक्लालाई आफूले कसैको भावनामा ठेस पुर्याउने नियत नभएको बताउँदै उनले माफी मागेकी थिइन् । ‘मेरो निर्णयले कसैको भावनामा ठेस पुग्यो भने माफी चाहन्छु । म मन्दिरमा बिहे गर्दिन’ उनले भनिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *