चोरहरूले गायब पारिदिए २५ करोडको सुनको पवित्र बाकस, कसैले अत्तोपत्तो पाएनन्

डिसी नेपाल
२५ जेठ २०७९ १३:१७
152
Shares

काठमाडौं । चर्चबाट २५ करोड मूल्यको सुनको बाकस चोरी भएको छ । विशेष कुरा के छ भने चोरहरूले यो काम यति सफाइका साथ गरेका छन् कि घटना भएको धेरै दिन बितिसक्दा पनि प्रहरीले कुनै सुराग पाउन सकेको छैन ।

घटना अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनको हो । चोरीको बारेमा चर्चका अधिकारीहरूले भनेका छन् कि यो कार्य अनादर र घृणाले भरिएको निर्लज्जता हो। यो चोरी सेन्ट अगस्टिन रोमन क्याथोलिक चर्चमा भएको हो । चर्चका पादरी, फादर फ्रान्क ट्युमिनोले यो कुरा थाहा पाउने पहिलो व्यक्ति थिए। पूजाका अलावा यो पात्र चर्चको मुख्य आकर्षण रहेको उनले बताए ।

द गार्डियनको रिपोर्ट अनुसार, ट्यूमिनो मानिसहरूको कन्फेसन सुन्न जाँदै थिए यसै क्रममा सेन्ट अगस्टिनका ढोकाहरू आधा खुला भएको देखे । जब उनी चर्चमा प्रवेश गरे, उनले चोरीको बारेमा थाहा पाए। यो घटना शुक्रबार बिहान भएको हो । न्युयोर्क शहर प्रहरीले चोरीको घटना कसैले पनि नदेखेको न त घटनाको कुनै फुटेज बाहिर आएको बताएको छ ।

टुमिनोले चर्च भित्र र बाहिर सुरक्षा क्यामेरा जडान गरिएको बताए। तर चोरीका क्रममा क्यामेराहरूलाई पनि हटाइएको थियो । प्रहरीले उक्त पात्र मेटल केस भित्र रहेको बताएको छ । जसलाई जबरजस्ती आराले काटेर खोलिएको थियो । भाँडोको दुबै छेउमा मूर्तिहरू पनि थिए। जसमा तोडफोड भएको थियो । भाँडोमा एउटा खाली बाकस पनि थियो जसलाई काटिएको थियो।

प्रहरीले सोमबार भनेअनुसार यो घटनामा संलग्न कसैलाई पनि भेट्न सकेको छैन । यस सम्बन्धमा कसैलाई जानकारी भएमा विभागको अपराध महाशाखामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । भाँडाको तौल धेरै भएकाले यस चोरीमा एकभन्दा बढी व्यक्ति संलग्न भएको हुन सक्ने टुमिनोको विश्वास छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *