स्तनको आकारका कारण मोडललाई विमानबाट बाहिर निकालियो

डिसी नेपाल
२५ जेठ २०७९ १४:०६

काठमाडौं । एक मोडलले आफूलाई स्तनको आकारका कारण विमानबाट बाहिर निकालिएको र यात्रा गर्नबाट रोकिएको दाबी गरेकी छिन् । आफ्नो लुक्सका कारण गरिएको यो कारबाहीका बारेमा उनले एयरलाइन्सले आफूलाई ‘अमानवीय’ महसुस गराएको बताइन् ।

डेली मिररका अनुसार मे ३१ मा २५ वर्षीया मेरी म्याग्डालिन अमेरिकाको डलास जाने उडानमा चढ्न क्यानडाको टोरन्टो विमानस्थलमा आइपुगेकी थिइन् । तर सुरक्षा क्लियर गरेर विमानमा चढेपछि उनलाई अमेरिकन एयरलाइन्सको विमानबाट ओर्लन भनियो ।

हेडफोन नलगाएको र फ्लाइट अटेन्डेन्टको निर्देशन पालना नगरेको भन्दै कर्मचारीले आफूलाई यो कारबाही गरेको मेरीले बताइन् । तर मेरीको विश्वास छ कि वास्तवमा उनको स्तनको आकारका कारण यो कारबाही गरिएको हो। मेरीले त्यतिबेला लेगिङ्स र स्पोर्ट्स ब्रा लगाएकी थिइन्।

मेरीले यो कुरा इन्स्टाग्राममा बताएकी छिन् । उनले लेखेकी छिन्– म लुकका कारण विमानबाट फ्याँकिएँ । कृपया भेदभाव बन्द गर्नुहोस्। तपाईहरुलाई थाहा छैन म यस समयमा कति लाजमर्दो र अमानवीय महसुस गर्दैछु।

मेरीले थप भनिन्- स्पष्ट रूपमा फ्लाइट अटेन्डेन्टले मलाई प्लेनबाट बाहिर निकाले किनभने म धेरै एक्सप्लिसिट देखिएकी थिएँ। तर कानुनी रूपमा उनले मलाई यात्रा गर्नबाट रोक्न सक्दैनन्, त्यसैले उनले बहाना बनाए।

उडानबाट बाहिरिएपछि मेरीले एयरलाइन्सविरुद्ध मुद्दा दायर गर्ने कुरा गरेकी छन् । तर अहिलेसम्म यस विषयमा कुनै कारबाही भएको छैन । मेरीले एक करोड भन्दा बढीको कस्मेटिक सर्जरी गरेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *