२३ जना चढेको भ्यान भिरबाट खस्यो, १ जना बालक मात्र बाँचे
काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा बुधबार एउटा ठूलो दुर्घटना भएको छ । यहाँ यात्रुवाहक भ्यान भिरबाट खसेको छ । यस दुर्घटनामा २२ जनाको मृत्यु भएको छ ।
यो दुर्घटना बुधबार बिहान किल्ला सैफुल्लाहमा यात्रुवाहक भ्यान गहिरो भिरमा खसेपछि भएको बताइएको छ । भ्यानमा २३ जना सवार थिए । यसमा २२ जनाको मृत्यु भएको छ भने १ बालक घाइते भएको बताइएको छ ।
यो दुर्घटना जोबको अख्तरजाईमा भएको हो । यहाँ भ्यान गहिरो भिरमा खसेको छ । दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । सबैको शव निकालिएको छ । दुर्घटनामा एक बालक बाँच्न सफल भएका छन्, जसलाई अस्पतालमा भर्ना गरिएको छ ।
अर्कोतर्फ, दुर्घटनापछि विदेशमन्त्री बिलावल भुट्टो जरदारीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले शोक व्यक्त गर्दै पीडितलाई सक्दो सहयोग गर्न अधिकारीहरुलाई आग्रह गरेका छन् ।







डिसी नेपाल







Facebook Comment