सेक्स भिडियो भाइरल भएपछि प्रहरीले गोली हानेर ३ जनाको हत्या गरिदियो

डिसी नेपाल
२५ जेठ २०७९ १७:३०
2.1k
Shares

काठमाडौं । रुस नियन्त्रित चेचन्यामा एक सेक्स भिडियो भाइरल भएपछि प्रहरीले तीन जनाको गोली हानी हत्या गरेको छ । यी व्यक्तिहरू कथित रुपमा भिडियोमा देखिएका थिए । तर, भिडियोमा देखिएकी एकजना महिलालाई भने छोडिएको छ । रेडियो फ्री युरोपले स्थानीय रिपोर्टका आधारमा यो दाबी गरेको हो ।

रेडियो फ्री यूरोप एक अमेरिकी सरकारको वित्त पोषित संस्था हो। दुई पुरुष र दुई महिलाको भाइरल भिडियोका कारण चेचन्याका प्रहरी अधिकारीहरूबीच आक्रोश देखिएको बताइएको छ । भिडियोमा देखिएका मानिसहरूलाई अप्रिलको मध्यमा कानून प्रवर्तनद्वारा पक्राउ गर्न आदेश दिइएको थियो। त्यसपछि तिनीहरू राजधानी ग्रोज्नीबाट बेपत्ता भए।

भिडियोमा एउटी महिलालाई चेचन्याकी नभएको भन्दै छोडिएको भनिएको छ । रेडियो फ्री युरोपले त्यहाँका एक प्रहरी अधिकारीललाई उद्धृत गर्दै मारिएका ३ जनालाई डिश्ने-वेदेनो नामको गाउँको चिहानघाटमा गाडिएको बताएको छ ।

जिल्लामा तीनवटा नयाँ चिहान फेला परेको र ती सबै मार्क नगरिएका भएको स्थानीयले पनि पुष्टि गरेका छन् । तर अधिकारीहरूले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्। चेचन्याको आन्तरिक मामिला मन्त्रालयको प्रेस सेवाले बेपत्ता व्यक्तिहरूको बारेमा कुनै जानकारी दिन अस्वीकार गरेको छ।

रुसी सेनाका लेफ्टिनेन्ट जनरल र क्रूर नेता रमजान कादिरोभ चेचन्यामा भएका यस्ता घटनाको पछाडि रहेको विश्वास गरिन्छ। देशमा एलजीबीटी समुदायलाई यातना दिएको आरोप पनि लगाइएको छ। उनीहरूले समलिङ्गी मानिसलाई खोजेर बाहिर निकाल्ने गर्थे, मानवअधिकारवादी समूहको विश्वास गर्ने हो भने उनीहरुको हत्या भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *