पबजी नखेल्न भन्दा आमाको हत्या गरेपछि १६ वर्षका छोराले नयाँ कहानी रच्दै गए, यतिसम्म चलाखी !

डिसी नेपाल
२६ जेठ २०७९ १०:२९
952
Shares

काठमाडौं । लखनउमा एक १६ वर्षीय किशोरले मध्यरातमा उठेर आफ्नी आमाको टाउकोमा गोली हाने । आमाको हत्यापछि उसले आमाको शवलाई कोठामा थुने र आफूले साथीहरूसँग पार्टी गरे, क्रिकेट खेले, फिल्म हेरे, हत्याका बारेमा अनेकौं किसिमका कथाहरू बनाए, तर उनको अपराध बाहिर आयो।

लखनउको वृन्दावन कोलोनीमा एउटा परिवार खुसिसाथ बसिरहेको थियो । परिवारमा आमा, एक १६ वर्षको छोरा र १० वर्षकी छोरी थिए। परिवारका प्रमुख आसनसोलमा आर्मीमा जेसीओ पदमा तैनाथ थिए। सबै ठीक थियो, तर शनिबार राति सबै कुरा परिवर्तन भयो। १६ वर्षीय छोरा मध्यरातमा उठे, आफ्नो बुबाको लाइसेन्सवाला बन्दुक उठाए र आमाको टाउकोमा गोली हाने। आमाको घटनास्थलमै मृत्यु भयो ।

घटना शनिबार र आइतबारको मध्यरातमा भएको हो । आफ्नी आमालाई शूट गरेपछि, धेरै आरामसँग, चिन्ता नगरी, आफ्नी बहिनीलाई साथमा लिएर, अर्को कोठामा गएर शान्तिपूर्वक सुते । सुन्दा अनौठो लाग्न सक्छ तर त्यो दिन यस्तै भयो । आमालाई गोली हानेपछि १६ वर्षको छोरा शान्तिसँग सुते ।

आइतबार बिहान घाम लाग्दा तीन जनाले भएको घरमा एक सदस्य कम थिए । छोराले आमाको हत्या गरिसकेका थिप, बहिनीलाई कोठामा थुने, कुकुरलाई बाँधेर आफ्नो मुडमा बाहिर निस्किए । साथीहरूसँग क्रिकेट खेले, पार्टी र रमाइलो गरे । आफ्नै आमाको हत्या गरेपछि १६ वर्षीय किशोर कसरी यति ढुक्क हुन सक्छ भन्ने आफैमा अचम्मको कुरा हो ।

कुरा यतिमात्र थिएन। आरोपी नाबालिग छोरा दिनभर साथीहरूसँग रमाइलो गरिरहे। साँझमा, साथीहरूलाई पार्टीको लागि आफ्नो घरमा बोलाए। आमाको शव कोठामा लडिरहेको थियो तर आरोपी निश्चिन्त भएर ती सबै काम गरिरहेका थिए जुन काम गर्न उनलाई आमाले रोक्थिन् । बहिनी सानी थिइन् र दाजुको यो क्रूरताबाट डराएकी थिइन्।

१६ वर्षका किशोरले स्थापित अपराधी जस्तै व्यवहार गरिरहेको थियो । घरबाहिर निस्कँदा बहिनीलाई कोठामा ताला लगाएर थुन्ने गर्थे । बहिनीलाई आमाको जस्तै हालत बनाइदिने भनेर तर्साएका थिए । धेरै पटक छिमेकीलाई शङ्का लागे पनि उनले हजुरआमाको स्वास्थ्य खराब भएकोले आमा काकाकोमा गएको कहानी छिमेकीलाई सुनाउँथे । सोही कथा सुनाएर आरोपितले छिमेकीको घरमा बहिनीलाई खाना पनि खुवाएका थिए ।

तर यी अभियुक्तको समस्या पनि बढ्दै गएको थियो, किनकि कोठामा लडिरहेको आमाको शव सड्न थालेपछि दुर्गन्ध आउन थालेको थियो । यसका लागि उनले चलाकीपूर्ण काम पनि गरे । गन्ध हटाउन उनले कोठामा रुम फ्रेसनर प्रयोग गरे। उनी रुम फ्रेसनर छर्किरहन्थे । आमा काकाकोमा गएको छिमेकीलाई बताएका थिए तर रुम फ्रेसनरबाट सडेको शवको दुर्गन्ध कहिलेसम्म लुकाउने ?

आरोपितका बुवाले आफ्नी श्रीमतीसँग दिनहुँ फोनमा कुरा गर्थे तर शनिबारदेखि उनीसँग कुरा हुन सकेको थिएन । जब उनले जानकारी सङ्कलन गर्ने प्रयास गरे यी १६ वर्षीय अभियुक्तले नयाँ कथा बुने। कथा यस्तो कि अपरिचित मान्छे बाहिरबाट आएर आमाको हत्या गरेर गयो । यसले उनका पिताको होसहवास उड्यो । उसले भाइहरूलाई बोलाए। जब आरोपीका काका र हजुरआमा घर पुगे यहाँ पनि आरोपीले त्यही कथा सुनाए ।

अभियुक्तका काकाले प्रहरीलाई बोलाए । प्रहरी आइपुग्दा पूरै कोठा दुर्गन्धले भरिएको थियो । अब पुलिसको अगाडि दुई जना मात्र थिए, जसलाई सोधपुछ गर्नु पर्ने थियो। पहिलो १६ वर्षीय अभियुक्त र दोस्रो १० वर्षीया बालिका जो उनकी बहिनी हुन्। पहिले त सोदपुछमा आरोपीले प्रहरीलाई पनि बहकाउने प्रयास गरेका थिए । नयाँ कथा बुने । यस कथामा एक नयाँ पात्र थियो, इलेक्ट्रिसियन।

घरमा एकजना इलेक्ट्रिसियन काम गर्न आउने गरेको र उसले अघिल्लो रात आमाको हत्या गरेको किशोरले प्रहरीलाई बताए । किशोरले हिजो राती आफ्नी आमाको इलेक्ट्रिसियनले हत्या गरेको भन्दै थिए तर शवबाट निस्किएको दुर्गन्धले अर्कै कथा बताउँदै थियो । त्यसैले प्रहरीले पहिले बालिकालाई सोध्यो । त्यसपछि रहस्य खुल्यो र अन्तमा नाबालिग अभियुक्तले पनि अपराध स्वीकार गरे ।

घरमा कुकुर थियो तर यो अभियुक्तको चलाखी यतिसम्म थियो कि उनले कुकुरलाई यस्तो ठाउँमा बाँधेका थिए कि आमाको शव राखेको कोठामा कुकुर पुग्न सकेन । १६ वर्षीय नाबालिग अभियुक्तले आफ्नै आमाको निर्ममतापूर्वक हत्या गरे तर आमाको हत्यापछिको वास्तविक क्रुरता यस्तो भयो, यो कथा सुन्ने जो कोही छक्क पर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *