कविता : बर्सिने छन् बदलावका बम!

डिसी नेपाल
२८ जेठ २०७९ ६:४३

स्वतन्त्र युवा उठे भत्किने छन् “किल्ला” धमाधम
फक्रिने छन् नयाँ सुमन बर्सिने छन् बदलावका बम!

विरासतमा देखि हिरासतमा परि आएका मध्य
दलगत उम्मेद्वारहरु हेरौँ, को भन्दा छ को कम?

गठबन्धन छ कतै त कसैका लाखौँ कार्यकर्ता
सचेत युवाको मन र मतमाथि चल्दैन हुकुम !

युवा अघि सर्छ जब , देश अघि बढ्छ तब
नयाँ सोचलाई पुरातन राजनीति हुन्न हजम !

सडकको आवाज सदन सम्मै लानको लागी
सक्षम युवालाई साथ दिने सबै खाऔँ कसम!

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *