चलचित्र ‘काँडेतार’को टिजर रिलिज

डिसी नेपाल
२७ जेठ २०७९ २०:४०

काठमाडौं । देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’को आज टिजर रिलिज भएको छ । जनताद्वारा, जनताका लागि सिमानामा ‘काँडेतार’ स्लोगन राखिएको चलचित्र काँडेतारको टिजर ओएसआर डिजिटलमार्फत स्लोगन आज सार्वजनिक भएको निर्माता नवल खड्काले जानकारी दिए ।

खड्काका अनुसार चलचित्रमा सिमानामा काँडेतार बारले दुई देशको भूमिको संरक्षण मात्रै र असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथामा समेटिएको छ।

विगतदेखि नै देशभक्तिपुर्ण चलचित्रहरू दशगजा, आवाज, भिमदत्त जस्ता निर्माण गर्दै आईरहेका नवल खड्काले नै काँडेतारको निर्देशन र निर्माण गरेका हुन्। यसमा मुख्य कलाकार नवल खड्का, गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा ,संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, अन्जु केसी, प्रेम कार्की र बालकलाकार नादिया खड्का र सनया खड्का आदीको अभिनय रहेको छ।

गायिका सत्यकला राई कार्यकारी निर्माता रहेकी छन् भने माकिको राई र अन्जु केसी निर्माता रहेकी छन्। शिवम अधिकारी र नवल खड्काको लेखन, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन, तारा थापा किम्भे र बन्दे प्रसादको सम्पादन र मणि थापा र दिपक शर्माको संगित रहेको छ।

देशभक्ति पूर्ण चलचित्रलाई सबै पक्षबाट सकारात्मक सहयोग र साथको अपेक्षा राखिएको नवल खड्काले बताएका छन् । करिब तीन करोडको लगानीमा निर्माण भएको हो । चलचित्रको रिलिज डेट भने तोकीएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *