एजियन टापुलाई लिएर टर्की र ग्रीसबीच तनाव बढ्यो, एर्दोगानले सेना फिर्ता गर्न भने
एजियन टापुलाई लिएर टर्की र ग्रीसबीच तनाव बढ्यो, एर्दोगानले सेना फिर्ता गर्न भने
काठमाडौं । एजियन टापुलाई लिएर टर्की र ग्रीसबीच तनाव बढेको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो कट्टर प्रतिद्वन्द्वी ग्रीसलाई पूर्वी एजियन टापुहरूबाट सेना फिर्ता गर्न आग्रह गरेका छन्। एर्दोगानले भने ‘म मजाक गरेको होइन, गम्भीर भएर बोल्दै छु । त्यसो हुन सकेन भने त्यसको परिणाम राम्रो आउँदैन ।’
टर्कीले भन्यो कि ग्रीसले एजियन टापुहरूको निशस्त्र स्थितिको ग्यारेन्टी गर्ने सन्धिहरूको उल्लङ्घन गरिरहेको छ। टर्कीले टापुहरू नागरिक रहने सर्तमा ग्रीसलाई हस्तान्तरण गरेको तर्क गर्दछ। ग्रीस र टर्की नेटोका साझेदार हुन्, तर धेरै मुद्दाहरूमा विवादको इतिहास छ।
टर्की र ग्रीसको ग्यास भण्डारको बारेमा आफ्नै दाबी छ र पूर्वी भूमध्यसागरका धेरै महत्त्वपूर्ण क्षेत्रहरूमा दुई देशबीच ठूलो मतभेद छ। दुवै देशले आफ्नो महाद्वीपीय जलक्षेत्रभित्र पर्ने तर्कका साथ धेरै क्षेत्रमा आफ्नो दाबी गर्दै आएका छन् । टर्कीले भन्यो कि हामी हाम्रो देशको सिमानामा आतंकवादी कोरिडोर बनाउन कहिल्यै अनुमति दिदैनौं। आशा छ ग्रीसले हाम्रो वैध सुरक्षा चिन्ताको विरोध गर्दैन।
यसैबीच टर्कीका राष्ट्रपतिको भनाइमा ग्रीसले टर्कीले जानाजानी सन्धिको गलत व्याख्या गरेको बताएको छ । ग्रीस सरकारका प्रवक्ता जियानिस ओइकोनोमोले ग्रीकलाई तर्क, स्वतन्त्रता र न्यायको भाषा भनेर चिनिने बताए। टर्कीले रोजेको रणनीति यी मध्ये कुनै पनि वर्गमा पर्दैन। टर्कीले आफ्नो आक्रामक व्यवहार र बयानबाजी बन्द गर्नुपर्छ।







डिसी नेपाल







Facebook Comment