सोनिया गान्धी अस्पताल भर्ना

डिसी नेपाल
२९ जेठ २०७९ १५:३८
200
Shares

नयाँ दिल्ली। कोभिडसम्बन्धी समस्याका कारण भारतीय कंग्रेस पार्टी अध्यक्षा सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन्। उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ।

‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था स्थिर छ । निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीटमा भनेका छन्। सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ देखिएकाे थियो।

कोभिड संक्रमण देखिएपछि उनी आफ्नै निवासमा आइसोलेसनमा रहेकी थिइन्। उनी चिकित्सकको निरन्तर निगरानीमा थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *