अमेरिकालाई चीनका रक्षामन्त्रीको जवाफ- ताइवानको स्वतन्त्रता रोक्न अन्तिम साससम्म लड्छु

डिसी नेपाल
२९ जेठ २०७९ १६:०८
232
Shares

काठमाडौं । चीनका रक्षामन्त्रीले फेरि कडा स्वरमा आफ्नो देश ताइवानको स्वतन्त्रता रोक्नको लागि “अन्तिम साससम्म लड्ने” कुरा दोहोर्‍याएका छन्।

रक्षामन्त्रीको यो भनाइ यस्तो समयमा आएको हो जब अमेरिकाले ताइवानमा चीनको आक्रामक कारवाहीलाई लिएर लगातार चिन्ता व्यक्त गरिरहेको छ ।

चिनियाँ रक्षामन्त्री वेइ फाङले सिंगापुरमा जारी साङ्ग्रिला संवादका क्रममा क्षेत्रीय प्रणालीमा चीनको अडानका बारेमा विस्तृत रूपमा छलफल गर्दै थिए।

यसअघि शनिबार अमेरिकाले चीनलाई ताइवान नजिकै “उत्तेजक र अस्थिरता गर्ने कार्य” गरेको आरोप लगाएको थियो।

जवाफमा चीनका रक्षामन्त्रीले आइतवार ताइवानलाई मुक्त गर्ने कुनै पनि प्रयासलाई कुचल्ने बताएका छन्।

अमेरिकाको आलोचना गर्दै उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्ने पनि बताए । उनले आफ्नो देशको विकास अरुका लागि खतरा नभएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *