मन्त्रीका छोरामाथि बलात्कारको आरोप लगाउने युवतीलाई दिनदहाडै व्यस्त सडकमा कालो छ्यापियो
काठमाडौं । राजस्थान सरकारका मन्त्री महेश जोशीका छोरामाथि बलात्कारको आरोप लगाउने महिलामाथि कालो पदार्थ छ्यापिएको दिल्ली प्रहरीले जनाएको छ ।
समाचार एजेन्सी एएनआईले दिल्ली पुलिसलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। कुरा शनिबारको हो । प्रहरीका अनुसार कालिन्दी कुञ्जमा भएको यस घटनाको सम्बन्धमा शाहीनबाग थानामा मुद्दा दर्ता गरिएको छ र अनुसन्धान भइरहेको छ।
Few miscreants threw ink like material on the woman who has alleged a Rajasthan minister’s son of rape near Kalindi Kunj Road yesterday. Case registered in Shaheen Bagh Police Station, further investigation underway: Delhi Police
— ANI MP/CG/Rajasthan (@ANI_MP_CG_RJ) June 12, 2022
योसँगै दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले पनि यस विषयमा एफआईआर दर्ता गर्न दिल्ली पुलिसलाई नोटिस जारी गरेकी छिन् ।
स्वाती मालिवालले ट्वीट गरेकी छन्, “राजस्थानका मन्त्री महेश जोशीका छोरा रोहित जोशीमाथि आरोप लगाउने युवतीलाई दिल्लीमा दुई अज्ञात व्यक्तिले केही पदार्थ हानेका छन् । अशोक गहलोत जी मन्त्रीका छोरालाई बचाउनुको सट्टा पक्राउ गर्नुहोस्। दिल्ली पुलिसले यस आक्रमणको एफआईआरको लागि म नोटिस जारी गर्दैछु।’
जिस लड़की ने राजस्थान मंत्री महेश जोशी के बेटे रोहित जोशी पे रेप का आरोप लगाया, उसके चेहरे पे आज दिल्ली में 2 अज्ञात लोगों ने कुछ पदार्थ फेंका। @ashokgehlot51 जी, अपने मंत्री के बेटे को बचाने की जगह गिरफ़्तार करें। मैं दिल्ली पुलिस को नोटिस इशू कर रही हूँ इस अटैक पे FIR के लिए। pic.twitter.com/Y8gZfMWW4q
— Swati Maliwal (@SwatiJaiHind) June 12, 2022
गत महिना एक २३ वर्षीय सञ्चारकर्मीले राजस्थानका जलस्रोत मन्त्री महेश जोशीका छोरा रोहित जोशीले उनीसँग मित्रता बनाएर बलात्कार गरेको बीबीसीलाई बताएकी थिइन् । यस मामिलामा युवतीको उजुरीको आधारमा दिल्ली पुलिसले शून्य एफआईआर दर्ता गरेको थियो।







डिसी नेपाल







Facebook Comment