हत्याको लागि पूरा लिखित सूची बनाए, कामपछि धित मरुञ्जेल सेक्स गर्न चाहन्थे तर आफैं मारिए

डिसी नेपाल
३० जेठ २०७९ १२:३६

काठमाडौं । एउटी महिलाले आफ्नै पूर्व प्रेमीको हत्या गराइन् । हत्या महिलाका श्रीमानले नै गरेका हुन् । हत्या गर्नुअघि श्रीमानले मोबाइलमा ‘टु डु लिस्ट’ बनाएका थिए । हत्यापछि ‘श्रीमतीसँग धित मरुञ्जेल रोमान्स’ गर्नुपर्छ भन्ने पतिको चाहना थियो । तर, श्रीमान आफैं पनि चक्कु प्रहारको शिकार बने र उनको पनि मृत्यु भयो ।

यो मामला सन् २०१६ को हो। अष्ट्रेलियाको भिक्टोरियाको सर्वोच्च अदालतमा यो सुनुवाइ भइरहेको छ । सन्तानको खातिर आफ्नो श्रीमानबाट पूर्व प्रेमीलालाई मारेको आरोप महिलामाथि छ । वास्तवमा, पूर्व पार्टनरले महिलालाई आफ्नो बच्चासँग बढी समय बिताउन् भन्ने इच्छा व्यक्त गरेका थिए।

ग्लेन क्यासिडीले कथित रूपमा आफ्नी श्रीमती बियान्का एडमन्ड्स (३५) को आदेशमा माइकल क्यापोसिएनाको हत्या गरेको आरोप छ। एडमन्ड्सले आफ्नो पति क्यासिडीलाई वेस्टमेडो, मेलबर्नमा रहेको घरमा माइकल क्यापोसिएनालाई मार्न आग्रह गरेकी थिइन् ।

पछि दुईबीचको विवादमा क्यासिडीको पनि मृत्यु भयो । उनीमाथि दुईदेखि तीन पटक चक्कु प्रहार भएको थियो । भिक्टोरियाको सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइको क्रममा, न्यायाधीशलाई यससँग सम्बन्धित सूची पनि देखाइएको थियो, जसमा क्यासिडीको कामको सूचीमा विवाह, यौन र श्रीमतीको गर्भावस्था जस्ता कुराहरू समावेश भएको खुलासा भएको थियो। हत्यापछि उनी यो सबै काम गर्न चाहन्थे ।

रिपोर्टका अनुसार, क्यासिडीले माइकल क्यापोसिएनालाई एउटा मात्र गोलीले मारे। यसपछि उनले आफ्नी प्रेमिका सिल्भाना सिल्भालाई आफ्नो खाली राइफल देखाए । यो कुरा पछि उनैले खुलासा गरेकी थिन् । यस मामिलामा, अदालत भित्र त्यो फुटेज पनि देखाइएको थियो, जसमा क्यासिडीले क्यापोसिएनाको घरको ढोका ढकढक्याए र त्यसपछि गोली हानी हत्या गरे। तर, एडमन्ड्सले अदालतमा आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छिन् । अदालतमा मुद्दाको सुनुवाइ चलिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *