पोखराबाट प्रधानमन्त्रीलाई राप्रपाको १९ बुँदे ज्ञापनपत्र, संघीयता खारेजीको माग

डिसी नेपाल
१ असार २०७९ २२:२३

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न १९ बुंदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

पोखरामा विरोध प्रदर्शन सहित बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत राप्रपाले मागपत्र पठाएको हो । दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्था सहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राप्रपाको छ ।

कृषकले मल, बिऊविजन नपाउदा समस्या परेको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरिएको छ । शिक्षा र स्वास्थ्य निशुल्क गर्नुपर्ने, विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नुपर्ने, सबैखाले विभेद अन्त गर्नुपर्ने, भूमीहिन र सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्ने राप्रपाको माग छ ।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, देशभरी भत्काइएका शालिकको संरक्षण तथा पुननिर्माण गर्नुपर्ने र संघीयताको प्रादेशिक तह खारेज गर्नुपर्ने जस्ता गम्भीर माग राप्रपाको छ । राप्रपाले प्रत्येक घरमा एकजनालाई रोजगारी दिनुपर्ने आवाज उठाएको छ भने कर खारेजी मागेको छ । सिमा क्षेत्रमा भएका अतिक्रमित भूमी फिर्ता लिन कुटनीतिक पहल गर्नका लागि दवाव समेत दिएको छ ।

राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले भने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ज्ञापन पत्र बुझाए । बुधबार सृजनाचोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म विरोध र्‍याली निकालिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *