व्यंग्य : गठबन्धनलाई भजाउने, भेटेसम्म बजाउने

डिसी नेपाल
४ असार २०७९ ७:०५

उहिले उहिले राणा शासन र पछिसम्म पनि सुुब्बा भन्ने दर्जालाई निकै ठूलोमा गन्ने र त्यो दर्जा पाउनको लागि पहुँच भएकाहरु निकै जोड लगाएर कन्ने गर्थे रे भनेको सुुन्दै आएकोमा यो दर्जा त अहिलेपनि उत्तिकै महत्वको रहेछ भनेर सबैले बुझ्न पाए।

रातिराति बैंक लुुट्ने, राति नै अरुको ढुुकुुटी फुटाएर माल हात परेपछि त्यसैलाई मर्ने गरि कुुट्ने,क्रान्तिको नाममा सोझासाझा जनतालाई गोलीले भुुट्ने र यी सबै कामहरु जनताकै भलाईको लागि गरिएको हो भनेर आकाश पाताल जोडेर गफ चुुट्ने महान कार्य सम्पन्न गरेर अकुत सम्पत्ति जोडेर र डर त्रास धम्कीको भरमा चुनाव जित्दै देखावटी रुपमा नगद जम्मा गर्ने तरिका मोडेर मन्त्री भएपनि लागेको बानी छोडेर सुध्रिन नसकेका अर्थ मन्त्रीको ज्यादै पारदर्शी ब्यबहारबाट सुब्बासापको महत्व हालसम्म पनि उस्तै रहेको थाहा पाइयो।

एउटा कुुनै गाउँ बिकास समितिको सचिवबाट सरकारी जागिर सुुरु गरेर छोटै अवधीमा कर भन्सार राजस्व जस्ता कार्यालयहरुका महत्वपूर्ण ठाउँहरुमा बसेर र त्यसैमा घुुँडा धसेर मेहनतसाथ काम गर्दै कसेर रकम उठाएर खाने खुुवाउने बिद्यामा साँचो किसिमले पोख्त भएका सुब्बासापको खाँचो राष्ट्रिय बजेट निर्माण गर्दा नहुुने कुुरै आएन।

उनको बिद्वता र अनुुभवको सदुुपयोग गर्नुुलाई कुनै नौलो र अचम्मको कार्यको रुपमा जान्न, त्यसलाई अन्यथा मान्न र त्यसैको आधारमा अति सक्षम नैतिकवान अर्थ मन्त्रीको खुुट्टा तान्न हुुँदै हुुँदैन भन्ने जनताको धारणा छ। ति सुब्बासापले यही अनुुभवलाई भरपुुर प्रयोग गरेर जागिरको छोटो अबधिमै आर्थिक रुपमा धेरै राम्रोसित भोटो फेरिसकेका हुुनाले मुुद्दा लागेर खोटो साबित भइएला भनेर जागिर छोडेर बजेट बनाउने कार्यमा सहयोग पुर्‍याउन स्वयम् सेवक भएका रहेछन्।

भोलि मन्त्रीले संसदमा पेश गर्ने बजेट तयार गर्न दिन रात नभनि खटिएका अर्थ सचिव, राजस्व सचिव, त्यही कामको महत्वपूूर्ण जिम्मेवारी पाएका सह सचिवहरुलाई रातको बाह्र बजे बोलाएर तपाईंहरुले तयार गरेको करका कतिपय दर मलाई ठिक लागेको छैन अब उहाँहरुले जेजेमा संशोधन गर्नु भन्नुहुन्छ त्यही त्यही अनुुसार गरि दस्तखत समेत गरेर म कहाँ ल्याउनु होला।

उहाँहरुले जुुन दरमा बनाउन लगाउनु हुन्छ त्यही नै मेरो निर्णय हो भनेर कार्यकक्षबाट फिर्ता पठाएछन्। त्यसमध्य एकजना केही बर्ष अगाडि त्यहि मन्त्रालयबाट राजीनामा दिइ जागिर छोडेका अत्यन्त सफल सुुब्बासाप रहेछन् र अर्का चाहिँ उनीहरुले नचिनेका ब्यक्ति भएकाले सिएसाप हुनु हुुन्छ भनेर मन्त्रीले नै चिनाएका ब्यक्ति रहेछन्।

आफ्नै बिभागीय मन्त्रीमात्रै नभएर जसलाई भन्यो उसैलाई सरकार प्रधान बनाउन र त्यसबाट जसको लागि जे चाहियो त्यही भनाउन सक्ने स्वघोषित महान नेताको दलका ज्यादै शक्तिशाली मन्त्रीले जसलाई सक्षम भन्यो उही नै मन्त्रालयका सचिव सहसचिवहरुभन्दा ज्यादै सक्षम हुुने भइहाले। बिरोध गरौँ भने आफ्ना पाइलाहरुपनि बेला मौकामा मनग्गे नगद आउने र सुखसुबिधा पाउने बाटोतिर लम्केकै होलान्।

फेरि जतिसुुकै चोखो छुु भनेर गुड्डी हाँके पनि त्यो ठाउँमा पुग्ने गरि बिक्न र लामो समयसम्म टिक्न प्रयोग भएको ब्रिफकेशको तौल सर्बसाधारणले सोचेभन्दा बढि नै हुुनसक्छ भन्ने हल्लामा बिश्वास गरि हाल्ने अबस्था नभएपनि भन्नेहरुका मुुख टाल्न सक्ने सामथ्र्यपनि धेरैसँग छैन होला।

शायद उहाँहरुको त्यहाँसम्मको यात्रामापनि यिनै वा यिनी जस्तै सुुब्बासापहरुको सहयोगले काम गरेको नहोला भन्न सकिन्न भनेको पनि कतैकतै नसुुनिएको होइन। कतिपय मन्त्रालयहरुमा सचिवहरुले मन्त्रीका सहयोगि मार्फत समय मिलाएर डराइ डराइ फाइल च्यापेर मन्त्रीको कार्यकक्षमा पुुग्दा आफ्नै कार्यालयका सुब्बासापहरु मन्त्रीको अगाडि सोफामा उपरखुुट्टि लगाएर बस्दै ‘अनि अरु सुनाउनोस् कामरेड’ भन्दै चम्किचम्कि गफ गरिरहेको र काम सकेर बाहिर आएपछि ‘केही अप्ठ्यारो परेमा भन्नुहोला हाम्रो आफ्नै कामरेड हुुन्’ भनेर प्रचार गर्न अघि सरिरहेका हुुन्छन् रे भनेको सहि नै हो कि भन्ने अबस्था आएपनि पत्याउन हुुँदैन।

यति भएपछि सुब्बासाप र नाम ठेगाना उमेर राष्ट्रियता आदि केही नखुुलेका र मन्त्रीज्यूले सचिवहरुलाई अथ्र्याउँदै तारिफ गर्न नभुुलेका सिएसापको निर्देशन अनुुसार खासखास मालबस्तुुहरुको निकाशि र पैठारीमा करको दर थपघट भयो रे भनेर एउटा पत्रिकाले छापेपछि सबैलाई थाहा भयो।

देश र जनताको भलाईको लागि पुुरानो अनुभवी खप्पिस सुब्बासाप र सिएसापको निर्देशनमा सचिवहरु र सहसचिवहरुले करको दर मिलाए अनि सबैले उहाँहरुकै निर्देशन अनुुसार आफूले काम पूरा गरेको मन्त्रीज्यूूलाई एकिन दिलाए र पत्रिकामा आएको समाचारमा भने बोल्नै नमिल्ने गरि मुुख सिलाए।

कुुरा ठिकैपनि हो बजेट निर्माण जस्तो अत्यन्त गोप्य र संबेदनशिल काममा गोप्यता राख्नुु त सबैको कर्तब्य नै हो। कर राजस्व भन्सार आदिमा खाने खुवाउने र लिने दिने सबै कामहरु अति गोप्य तरिकाबाट भइरहेको छ भन्ने संसारका सबैलाई थाहा भएकै कुुरा हो।

ती अति सक्षम सुुब्बासापको कृपाबाट मन्त्री सचिव सहसचिवहरुका साथै खास सामानहरु निकासी पैठारी गर्ने बिशेष ब्यापारी घरानालाई अप्रत्यक्ष रुपबाट प्रत्यक्ष फाइदा पुुग्न गएकोमा सबैले सुब्बासापको जयजयकार गर्न र उनकै इशारा र निर्देशन अनुुसार भबिष्यमापनि चर्न छोड्न हुुँदै हुुँदैन।

खासखास दल र नेताहरुसित लेनदेन खानपानका साथै जान पहिचानको आधारमा बिशेष सम्बन्ध भएका ब्यापारी र ब्यापारिक घरानाको अत्यधिक नाफाको लागि कता कता करको नशा तान्ने र अरुले थाहा नपाउने गरि कुुन कुुन ठाउँमा हान्ने भनेर ठ्याक्कै जान्ने यस्ता सबैसित चिर परिचित सुुब्बासापहरुलाई हातमा लिएपछि जुुनसुुकै राजनैतिक जातमा मन्त्री पद गएपनि उठ्तीपुुठ्ती र खानपिनमा कहिल्यै कतैबाट कुुनै खालको बाधा अड्चन पर्दैन अनि जसले जति चिच्याएर बिरोध गर्न खोजेपनि कतैबाटपनि माखो मर्दैन र सोझो औँलाले झिकेको घिउले कसैको भुुँडी भर्दैन भनेर नबुझ्नेहरुसित कुुरा गर्न खोज्नुु बेकार हो। यो बिषयमा हल्लाखल्ला भएपछि स्वघोषित महान नेताले गोप्य रुपमा गाल नपर्ने गरि जसरी जोसित भएपनि सकभर बढि माल उठाएर बुुझाउने शर्तमा मन्त्री नियुक्त भएका ब्यक्तिको गोप्य काम पत्रिका मार्फत  सबैले चाल पाएपछि हाल आएर राजिनामा दिनुु भनेका छन् रे भन्ने सुनिन्छ।

सो बारेमा संसदमापनि बिरोधीहरुले ब्यापक हल्लाखल्ला मच्चाएर राजीनामा दिन पर्ने, छानबिन गर्न पर्ने, कारबाही गर्न पर्ने आदि भनेर उधुुम नै मच्चाएछन्। त्यहाँ भएका मध्ये केहीलाई छोडेर अधिकांशलेपनि त्यहाँको चलन चल्ती बुुझेर खल्ती भर्ने अनुुभव गरि सकेका हुुनाले यति भन्न सकेका होलान्।

बजेट तयार गरेर भाषण गर्ने बेला हुुँदासम्म मन्त्री बनाउने दलका मुुख्य नेता र मन्त्रीले ठूलै रकम फेला पारि सक्छन् रे भन्ने हल्लामा सत्यता रहेछ भने संसदमा भएका सबै दलका मुुख्य मुुख्य र त्यो मन्त्रालय सम्हालिसकेकाहरुलाई जानकारी भएर नै बिरोध र समर्थन भएको बुझ्न धेरै घोत्लिराख्न पर्दैन होला।

मन्त्रीले पनि संसदमा उठेको शंका पूूर्ण रुपमा निबारण हुुने गरि पत्रिकाले सारै राम्रो कथा रचेर आफूलाई बद्नाम गराएको र यसलाई स्वतन्त्र रुपमा पुष्टि गर्न भने भित्रैदेखि डराएको अनि खण्डन गर्न खोजेपछि चुुपचाप लागेर हराएको जवाफ दिएर सांसदहरुलाई उही साबिक अनुुसारको रेडिमेड जवाफ दिएर उम्कने प्रयास गरेको राम्रै हो।

त्यहाँ भएका सबैले आफूलाई दुुधले नुुहाएको मान्छे भन्ने सम्झेपनि उनिहरुले कहाँकहाँबाट आयातित दुुधले नुुहाउँछन् र उनीहरुको शिरदेखि पाउसम्म कहाँकहाँबाट आयातित बस्त्र र गर गहनाहरु सुुहाउँछन् भन्ने एकअर्का सबैलाई राम्ररी थाहा छ।

त्यही भएर उनिहरुले जति चर्को स्वरमा बिरोध गर्न सक्यो उति धेरै नगद पाएकोमा झर्को मानेर कुुनै काम छैन भन्ने त्यहाँ भित्रका सबैले राम्ररी बुुझेका छन्। मौका पाउनासाथ बिरोध गर्नै पर्छ,उनका समर्थकहरुले समर्थनमा बचाउ गर्नै पर्छ, सबैलाई सन्तुुलन गर्नको लागि जेजस्तो भएपनि एउटा जवाफ दिनै पर्छ, त्यो जवाफ आएपछि त्यो किस्सा सकिएर सवाल जवाफवालाहरुको हिस्सा भरपर्दो माध्यमबाट पुुग्न पर्ने ठाउँमा पुुगेपछि यो नाटकको पर्दा आपसेआफ बन्द हुुन्छ भन्ने कुुरा उहाँहरुको बिगत बर्तमान र भबिष्य समेत बताउन सक्ने जनतालाई अलिअलि थाहा भएकै कुुरा हो। खेल खत्तम पैसो हजम भन्ने उखान यहाँपनि ठ्याक्कै मिल्न आउने हुुनाले जसले जति निल्न सक्यो उति राम्रो।

भर्खरै केही दिन अगाडिमात्रै पनि यिनले एकजना अलि अपत्यारिलो मान्छेको नाममा बिदेशबाट आएको करोडौँ रकम भुुक्तानी दिन नियमले नमिल्ने भनेर राष्ट्र बैँकले रोक लगाएकोमा तुुरुन्त भुुक्तानी दिनुु भन्ने तोक लगाउँदा पनि काम हुुन नसकेकोमा निकै झोक देखाएका थिए।

अरुको नाममा बिदेशबाट आएपनि यो रकम यिनको आफ्नै हो वा लुुटेर बोरामा बिदेश पुर्‍याएको रकम यता भित्र्याएर चोख्याउने पुुनित कार्य हो भन्ने हल्ला चलेपनि, यसमा आफ्नो कुुनै सँलग्नता छैन भन्दै गलेपनि र यत्रो रकम बेवारिशे भएर बैंकमै रहेकोमा चिन्ताले ढलेपनि सबैजना मिलेर यिनलाई बचाएको अनि यसबाट उत्पन्न सबै लाजगाललाई मुुटुुमाथि ढुुँगा राखि पचाएको सबैले चाल पाए।

यो काण्डमा असहयोग गरेको रिसले केके जाति लान्छना लगाएर यिनले गभर्नरलाई बर्खास्त समेत गराए तर करोडौँ रकमको कुुरा चर्केला भनेर डराए भनेपछि अरुको रकम बैंकमा अड्किएकोमा यतिसम्म चिन्तित हुुने र गभर्नरले जागिरबाटै हात धुने अबस्था श्रृजना गर्ने जन हितैषी अर्थ मन्त्री अहिलेसम्म यहाँमात्रै होइन संसारमै भएको कसैलाई थाहा छैन होला।

यतिसम्म झर्कीफर्की घुुर्कि धम्कि रोइकराइ गरेर बर्खासी गरेको गभर्नरलाई जागिरमै टिकाउने र उहि हैसियतमा बिकाउने काम भएपछि सबैलाई आदर्श र नैतिकता समेत सिकाउने मन्त्रीलाई उनको दलले राजिनामा गराएर फिर्ता झिकाउने निकै ठूलो हल्ला चलेपनि यिनले सुुनेको नसुुन्यै गरे पचाए र अब त पक्कै जान्छ भनेर सबैले अनुुमान गरेको कुुर्सीलाई लाजै नमानि बचाए।

उनका यस्ता चमत्कारी किस्सा धेरै भएर उनको दैनिक क्रियाकलापको हिस्सा नै भएको राम्ररी जान्ने बुझ्नेहरु अचेल छोटोछोटो समयमै राजीनामा दिन पर्ने कामहरु दोहोर्याइ तेहेर्याइ गर्ने शक्ति उनलाई स्वघोषित महान नेता र सरकारका प्रधानबाटै प्राप्त भइरहेको अनि यसरी जम्मा गरेको अकुुत रकमको ठूलो भागपनि उतैतिर गइरहेको अड्कल गर्छन् र यो नै उनि जे गरेपनि पदमा टिकिरहने मूूलमन्त्र हो भन्नेमा ढुुक्क पर्छन्।

भर्खरै स्थानीय तहको चुुनाव सकियो र छिटै आउने संसदीय र प्रदेश सभाको चुुनावमा योभन्दा राम्रो गर्ने भनेर बकियो भनेपछि ठूलो रकमको भारि बोकेर नगए बालकोटेले हराएर पारि पुुर्याइदिने धम्की दिइराखेको हुुनाले जताबाट जसरी भएपनि रकमको जोहो गर्न नसके मन्त्री पदबाट घोक्रेठ्याँक लगाएर र सबैभन्दा प्यारो कुर्सीबाट भगाएर अनि बिरोधीलाई जगाएर र अर्को अर्थ मन्त्री मगाएर बिल्लिबाठ पार्लान् भन्ने डर।

तर नगदले किनेका र सबैले राम्ररी चिनेका स्वघोषित महान नेता र हालका सरकार प्रधानले आँखा कान र मुुख पुुरै बन्द गरेर काँध थापेपछि काग कराउँदै गर्छ पिना सुुक्दै गर्छ भन्ने कुुरा बुुझेर मात्रै बिरोध गर्न पर्छ भनेर बुुद्धिको बिर्को खुुलेको राम्रो होला।

कहिले काहिँ सतहमा आउने र सर्बसाधारणले समेत थाहा पाउने यस्ता घटनाहरु यति छिटोछिटो हुुने मन्त्रालयको अड्डामा सानातिना र गोप्य रुपमा दैनिक रुपमा भइरहने खानपानको काम मन्त्री र मन्त्रीका झोले हुुक्के बैठके पार्टनरहरुका साथै अन्तरँग बिचौलियाहरुलाई मात्रै थाहा हुुने तथा गच्छे अनुुसार उनीहरुका खल्तीदेखि लिएर बैंक खाता र बिदेशका बैंकहरुमा समेत नाता लगाउँदै जम्मा हुने रकमहरुका बारेमा धेरै कमलाई मात्रै थाहा हुुन्छ होला।

यसो हेर्दा अहिलेको मन्त्रिमण्डल नै एजेन्ट समाउ र मजाले कमाउ अनि जनताको नाम लिँदै डकारेर रमाउ भन्ने आदर्शबाट चलेको अनि गठबन्धनको तगारो देखाएर सबैको लागि त्यहाँबाट नोट फलेको हो कि भनेजस्तो देखिन्छ। बजेट भाषणको बेला परेकोले त्यहाँको कर्तुुत छताछुुल्ल भएको मात्रै हो।

अरु मन्त्रालयहरुको बजेटको आकार त्यहाँको भन्दा सानो भएकोले प्रचार प्रसार गर्नेहरुले चासो नदिएकापनि हुुन सक्छन्। नत्र घोटाला नहुुने मन्त्रालय बिभाग आदि कुुनैपनि छैनन् भनेर ठोकुुवा गर्नेहरु धेरै छन्। राज्यको चौथो अंग हौँ भनेर आफैं दंग पर्नेहरुपनि उठ्तीपुठ्तीमा कम चाहिँ छँदै छैनन् रे भन्ने हल्ला सुनिन्छ।

यस्तो खबरको सुुँइको पाउनासाथ हत्केला चिलाउन थालेर मागेको भन्दा धेरै कममा कुुरा मिलाउन र समाचारमा केहि नआउने भरोसा दिलाउन प्रयास गर्दागर्दै पनि केही हातलागि नभएपछि यस्ता समाचारहरु छापिने चलनको बारेमा धेरैलाई जानकारी छ होला।

बुुढानिलकण्ठे सभापति सरकार प्रधानको घरेलुु नेटवर्कले नै उठ्ती पुठ्टीकाे  जिम्मा पाएर शानदार तरिकाले काम गरिरहेको छ रे। स्वघोषित महान नेताको दलबाट मन्त्री भएकाहरुले बिभिन्न माध्यम प्रयोग गरेर चुनाव खर्च भन्दै उठ्ती पुुठ्तीलाई निर्बाध रुपमा चलाईरहेका र अध्यक्षको लागि नगदे बाली फलाईरहेका छन् रे।

कोटेश्वरे कामरेडका मन्त्रीहरु त झन् मन्त्री हुुनकै लागि बालकोटे कामरेडको दललाई लात हानेर र यतियति बुुझाउँछुु भन्ने शर्त मानेर आएका हुुनाले सकेसम्मको रकम उठाउँदै मन्त्री पद धानेर बस्दापनि केहि समय अगाडि झण्डै कुर्सी गुमाउन पुगेको अबस्थामा नगदकै कारणले अध्यक्षको निर्णयलाई उल्टो घुमाउन सफल भएर अहिलेसम्म कुर्सीको सबैखाले मजा लुटिरहेका छन्।

सबैजसो नेताहरु अध्यक्ष र मन्त्री भएको जसपा नामक दलका मन्त्रीहरु त खानपिनमा शौखिन र दक्ष भएकोले उहाँहरुको लक्ष नै कमाउनुु र मधेशको नाम भजाएर रमाउनुु भएकोले उहाँहरुले सम्हालेको मन्त्रालयहरुमा मानिसहरुले खासै ध्यान नदिएपनि सबै अध्यक्षहरुलाई माग अनुुसारको भाग पुर्‍ याउन सकेन भने अनुुहारमा ठूलै दाग लागेर भबिष्य चौपट होला भन्ने डरलेपनि उहाँहरुको यसैमा जोड रहेकोमा कसैलाई शंका छैन भनेर मधेशका जनताले चाहिँ पत्याएका छैनन्।

निकै बृद्ध नेताको श्रीमतीको हैसियतमा मन्त्री नभएपनि गठबन्धनमा बसेर गच्छे अनुुसार उठ्ती पुुठ्ती र खानपानमा सामेल भएकी जनमोर्चा नामक दलकी नेतृलाईपनि यसको राम्रो चस्का परिसकेको हुुनाले गठबन्धन टुुट्यो भने ठूलो झस्का लाग्न सक्छ।

अहिलेको गठबन्धनमा कमाउने धमाउनेहरुलाई रमाउने प्रशस्त अबसर हुुनुुको साथै यही कमाइलाई प्रयोग गरेर चुुनाव जितेर फेरि यसैगरि खुुट्टा जमाउने सोचमा सबै मन्त्रीहरु र मन्त्री बनाउनेहरु लागिपरेका छन्। सबैका अगाडि गठबन्धनको अप्ठ्यारोलाई माया लाग्दो तरिकाले भजाउने र भेटेसम्म आँखा चिम्लेर बजाउने अनि ठूलो हिस्सा माथि बुुझाएर पनि आफ्नो सुन्दर भबिष्य सजाउने काम भइरहेकोमा जनताले समेत बडो आनन्द लिएर हेरिरहेका छन्।

गठबन्धनको सरकार भएकोले आफूले मात्रै चाहेर जनताको काम गर्न नमिल्ने र यसको लागि गठबन्धनका सबै दल र नेताहरुको राय अनुुसार मात्रै काम गर्न मिल्ने बाध्यता बुुझिदिन पर्छ भन्दै जनताका काममा पन्छिन र बिरोध गर्नेहरुलाई अलिअलि मन्छिन जानेपछि आफ्नो लागि जति पस्केपनि भइहाल्यो। गठबन्धनकै साना ठूला कसैले बिरोध गरेमा वा बाधा पुुर्याएमा यस्तै हो भने गठबन्धनबाट अलग भइन्छ र तुरुन्तै अर्कोसित मिल्न गइन्छ भनेपछि सबैजना एकअर्कासित थर्कमान भइहाल्छन्।

मुखले भने जसरि गठबन्धन तोड्नपनि नसक्ने र सरकारमा बसेर आइरहेको खानपान छोड्नपनि नसक्ने अनि यही बुद्धिले अरुसित आफूलाई लगेर जोड्नपनि नसक्ने अबस्था भएकोले घुर्की धम्की बाहेक अरु केही गर्ने ताकत गठबन्धनका कसैसँग पनि छैन।

त्यही भएर भेटेसम्म खानको लागि गठबन्धनले कसैलाई नरोकेको र जनताको काम यसरी हुुन पर्छ भनेर कसैलाईपनि राम्ररी नतोकेको हुुनाले अहिले मिलेसम्म गठबन्धनलाई भजाउने र छेउटुुप्पो लुुकाएर भेटेसम्म बजाउने कार्य सबै मन्त्रालयहरुमा जोडतोडका साथ भइरहेकोले अर्थको मात्रै अनर्थ लगाउन खोज्नुुको कुनै अर्थ छैन भन्नेहरुको भनाइको अर्थ बुुझिनसक्नु नै छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *