रबिन्द्रजीबाट पाठ सिकी अघि बढ रबि !
फरक पाटा हुन नेता पत्रकार हुनु या कवि
रबिन्द्रजी बाट पाठ सिकी अघि बढ रबि!
उज्ज्वल दाइको उज्ज्वल भविष्यको सपना हेर!
उल्टो हिँड्नेको सङ्गत गरी नफाल्नु समय खेर! समृद्धि र लोकतन्त्रको सदा गर्नु पैरवी
रबिन्द्रजी बाट पाठ सिकी अघि बढ रबि!
कति-कति भन्थे त्यै दरबार प्यारो
छद्म भेषी भई घस्थे गेरु-कमेरो
मार्ग भड्किँदा आज हेर कस्तो भो छवि ?
रबिन्द्रजी बाट पाठ सिकी अघि बढ रबि!
उल्टो हिँड्नेको लाई भन अब त फर्क…
जनता चाहन्छन् आज बालेन अनि हर्क
परिवर्तनको कमल बस्दैन दलदलमा दबी
रबिन्द्रजी बाट पाठ सिकी अघि बढ रबि!
फरक पाटा हुन नेता पत्रकार हुनु या कवि
रबिन्द्रजी बाट पाठ सिकी अघि बढ रबि!
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment