भारतीय प्रधानमन्त्री मोदीले आमाको १०० औं जन्मदिनमा आमाको खुट्टा धोए

डिसी नेपाल
४ असार २०७९ १०:०८
1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उनकी आमाको १०० औं जन्मदिनमा गुजरातको राजधानी गान्धीनगरस्थित उनको निवासमा आमा हिराबेन मोदीलाई भेटेका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार उनकी आमा हीराबेन मोदी शनिबार आफ्नो जीवनको १०० वर्षमा प्रवेश गर्दैछिन् । सो अवसरमा नरेन्द्र मोदीले आमाको खुट्टा धोएर आशीर्वाद लिएका थिए । प्रधानमन्त्री मोदी केही समयअघि आफ्नी आमालाई भेटेर निवासबाट प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री मोदीकी आमा हीराबेन कान्छो छोरा पंकज मोदीसँग गान्धीनगरमा बस्छिन्। यसअघि नरेन्द्र मोदी शुक्रबार गुजरात पुगेका थिए । त्यहाँ उनले धेरै कार्यक्रममा भाग लिने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *