दुई महिनाको अवधिमा बेलायती प्रधानमन्त्रीको दोस्रो युक्रेन भ्रमण

डिसी नेपाल
४ असार २०७९ १०:२७
108
Shares

लन्डन। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका छन् । प्रधानमन्त्री जोनसनको दुई महिनाको अवधिमा यो दोस्रो भ्रमण हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनप्रति बेलायती समर्थनको प्रशंसा गरेका छन् ।

जोनसनको भ्रमणले युक्रेनका लागि बेलायतको समर्थन दृढ छ भनेर प्रमाणित गरेको जेलेन्स्कीले बताए । ‘हाम्रो देशका महान् मित्र बोरिस जोनसनलाई फेरि किभमा देख्न पाउँदा खुसी लाग्यो’, उनले भने ।

राष्ट्रपति भोलोदिमिर फेरि किभमा आउनु राम्रो छ’ जोनसनले आफ्नो आधिकारिक ट्विटर खातामा लेखे ।रुसी आक्रमणको झण्डै चार महिनापछि युरोपेली संघका सबैभन्दा शक्तिशाली राष्ट्र प्रमुखहरूले युरोपेली संघको सदस्यताका लागि युक्रेनको प्रयासलाई स्वीकार गरेको भोलिपल्ट प्रधानमन्त्री जोनसनले भ्रमण गरेका हुन् ।

राजधानीको उपनगरबाट रुसी सेनालाई फिर्ता गरेको दुई हप्तापछि अप्रिल ९ मा कीभ भ्रमण गर्ने जोनसन जी ७ देशको पहिलो नेता हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *