मालिकले जागिरबाट निकालिदिएपछि…

डिसी नेपाल
४ असार २०७९ १६:०३

काठमाडौं । जागिरबाट निकालिएपछि एउटी युवती मालिकसँग निकै रिसाइन् । यसपछि बदला लिन उनले चालेको कदमले सबैलाई चकित पारेको छ । युवतीले अफिसमा तोडफोड गरी मालिकलाई धेरै नोक्सान पुर्याइन्। यो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

वास्तवमा अर्जेन्टिनाकी २५ वर्षीया इभलिन रोल्डन पोलो सुपरमार्केटमा काम गर्थिन् । मङ्गलबार उनलाई हाकिमले बर्खास्त गरेकाले अब काममा आउन नपर्ने बताएका थिए । यो देखेर रोल्डन निकै रिसाइन् र क्रोधमा पसलमा तोडफोड गर्न थालिन् ।

रोल्डनले पसलमा राखिएका वाइनका बोतलहरू भुइँमा फ्याँक्न थालिन्। उनले धेरै महँगो रक्सीका बोतलहरू भुइँमा फालेर चकनाचुर पारिन्। पसलमा जडान गरिएको सिसिटिभी क्यामेरामा उनको यो कार्य कैद भएको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रोल्डनले प्रहरीसमक्ष आफूले गरेको गल्ती स्वीकार गरिन्, तर उनले आफूलाई बर्खास्त गरेकोमा रिसाएको भन्दै आफ्नो बचाउ पनि गरिन्। रोल्डनले बर्खास्त भएको सुनेपछि आफु अशान्त भएको र आक्रोशमा यो कदम चालेको बताइन् । रोल्डनले यो पनि भनिन् कि मालिकले उनको कुरा नसुनी कामबाट बाहिर निस्कने बाटो देखाए।

भिडियोमा रोल्डनले पसलमा कसरी तोडफोड गरिरहेकी छीन् देख्न सकिन्छ । उनी र्याकमा राखिएका रक्सीका बोतलहरू भुइँमा फ्याँकिरहेको देख्न सकिन्छ । वरिपरि मान्छे चिच्याएको आवाज आइरहेको छ । सयौं बोतल भुइँमा फालिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *