पाकिस्तान गम्भीर खडेरीको सामना गरिरहेका शीर्ष २३ देश

डिसी नेपाल
५ असार २०७९ ६:५८

इस्लामाबाद। पाकिस्तान गम्भीर खडेरीबाट प्रभावित शीर्ष २३ देशहमध्ये एक बनेको छ। देशको जलवायु परिवर्तन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।
विश्व मरुभूमिकरण र खडेरी दिवसको सन्दर्भमा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सन् २०२५ सम्ममा खडेरीले विश्वको लगभग तीन चौथाई जनसंख्यालाई असर गर्ने भविष्यवाणी गरिएको छ।

मानव र वातावरणीय कारण मरुभूमिकरणले पाकिस्तानलाई हानी गरेको छ । जसका कारण वातावरणीय ह्रास, माटोको उर्वरतामा कमी, जैविक विविधताको हानी, र भूमिको उत्पादकत्वमा कमी आएको छ।

ठूलो वन फँडानी र मानवजन्य गतिविधिहरूले समस्यालाई झनै विकराल बनाएको जनाइएको छ । पाकिस्तानमा मानिसहरूले पानीको अभाव झेलेका र लामो समयको गर्मीका कारण देशभरका नदीहरू सुक्न थालेका जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *