दुबेले खाना नदिएको झोंकमा पत्नीको हत्या गरे, रातभर शवसँगै सुते

डिसी नेपाल
५ असार २०७९ ८:३६

नयाँ दिल्ली। भारतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेको र पछि उनी मरेको थाहा नपाएर शवसँगै सुतेको प्रहरीले शनिबार जनाएको छ । दुवैले सँगै रक्सी पिएको तर आफूलाई खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नीलाई कुटेका थिए ।

भोलिपल्ट बिहान श्रीमतीको हत्या गरेको थाहा पाएपछि ती व्यक्ति ४० हजारभन्दा बढी नगद लिएर भागेका थिए । यद्यपि, उनलाई दिल्लीको अर्को स्थानबाट ट्र्याक गरी पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा सुल्तानपुर निवासी ४७ वर्षीय विनोदकुमार दुबे रहेको प्रहरीले जनाएको छ । विवादपछि दुबेले आफ्नी ३९ वर्षीया श्रीमती सोनालीलाई कुटपिटपछि सिरानीले हानेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट एउटा झोला, दुई थान मदिराका बोतल र रगतले लतपतिएको सिरानीसहित ४३ हजार भारु बरामद गरेको थियो । आफूहरु सँगै मदिरा पिएको तर केही समयपछि खाना नमाग्दा नदिएपछि विवाद हुँद आफूले हिर्काएको उनले प्रहरीलाई बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *