यी ५ बानीले बढाउँछ तपाईको तौल

डिसी नेपाल
६ असार २०७९ १०:१६

काठमाडौं । चिल्लो तेलयुक्त खानेकुरा खाने चलन हामी कहाँ अलिक बढी नै हुन्छ। त्यसैले मानिसको तौल बढ्नु अचम्मको कुरा होइन । एकपटक तौल बढेपछि त्यसलाई घटाउन निकै गाह्रो हुन्छ र कुनै न कुनै हिसाबले तौल घट्यो भने पनि त्यसलाई कायम राख्न सहज हुँदैन । यसको कारण हामी कतै गल्ती गरिरहेका छौं।

यी ५ गल्तीले तौल बढाउँछ:
तौल घटाएपछि केही गल्ती गरिएमा तौल फेरि बढ्न थाल्छ। आउनुहोस् जानौं ती ५ बानी जसलाई दैनिक जीवनशैलीमा समावेश गरेमा तौल कायम राख्न कुनै समस्या हुँदैन र तपाई सधैं फिट रहनुहुनेछ ।

–एक पटक कुनै तरिकाले तौल घट्यो भने हामी व्यायाम गर्न छोड्छौं, यसो गर्दा तौल बढ्न् मदत गर्दछ । त्यसैले कसरत गर्ने बानी कहिल्यै नछोड्नुहोस्।

–तौल घटाएपछि, हामीलाई अक्सर लाग्छ कि हामी अब पुरानो खानपानमा फर्कन सक्छौं। तर यो सोच्नु गलत हो । तपाईले तौल घटाउनका लागि खानु भएको खानालाई नै खाइरहनु पर्दछ ।

–हामी तौल घटाउनका लागि बाहिरी जंक र फास्टफुडबाट टाढा रहन्छौं । तर एक पटक तौल घटेपछि फेरि बाहिरको खाना खान थाल्छौं, यसो गर्नु हुँदैन ।

–निद्राको कमी तौल बढ्नुको ठूलो कारण हो। स्वास्थ्य विज्ञहरूका अनुसार तपाईको तौल कम होस् वा धेरै, तर ७ देखि ८ घण्टा सुत्नै पर्ने हुन्छ।

–पानी पिउनु स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण हुन्छ । यसले शरीरलाई हाइड्रेटेड राख्छ। यदि हाम्रो शरीरमा पानीको कमी भयो भने यसले मेटाबोलिज्मलाई असर गर्छ र तौल घटाउन समस्या हुन्छ ।

यसका साथै तौल घटाउनका लागि यसो गर्नुहोस्:

–उच्च प्रोटिन फाइबरयुक्त आहार खाने।

–रिफाइन्ड कार्बोहाइड्रेटको मात्रा सीमित गर्ने।

–चिनीको सेवनलाई नियन्त्रण गर्ने।

–दैनिक आहारमा फलफूल र तरकारीहरू समावेश गर्नुपर्ने ।

याद गर्नुहोस् कि हरेक दुई घण्टामा हल्का खाना खानु आवश्यक छ। पिउने पानीमा कटौती नगर्नुहोस्, रक्सी पिउने खराब बानीलाई सकेसम्म त्याग्नुहोस्। यी सबै चीजहरूसँग दैनिक क्रियाकलापहरू गर्नुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *