मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको चेतावनी

डिसी नेपाल
६ असार २०७९ १२:०१

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) नेपालले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ।

सरकारले हिजो डिजेल र पेट्रोलको मूल्यवृद्धि गरेपछि संगठनले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई आन्दोलनको चेतावनी दिएको हो ।

‘मूल्यवृद्धि तत्काल फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्न पनि राप्रविसं नेपाल तयार रहेको र यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने प्रष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले स्वतः सबै क्षेत्रमा मूल्यवृद्धि हुने र आम जनताले यसलाई धान्न नसक्ने अवस्था आउनुअघि पेट्रोलियम पदार्थमा लगाइएको मूल्यवृद्धि फिर्ता लिन राप्रविसं नेपालले सरकारसँग माग गरेको छ ।

‘देशको आर्थिक अवस्था दयनीय बन्दै गएको अवस्थामा पेट्रोलियम पदार्थमा गरिएको पटक–पटकको मूल्यवृद्धिले महँगी आकासिने थाहा हुँदाहुँदै मूल्यवृद्धि गर्नु आपत्तिजनक छ,’ राप्रविसं नेपालले भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *