काठमाडौं क्षेत्र नम्बर ३ बाट विजय तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारी दिने – Dcnepal

काठमाडौं क्षेत्र नम्बर ३ बाट विजय तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं। संघीय र प्रदेश चुनावको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेदवारी दिनेको लर्को लाग्न थालेको छ।

संचारकर्मी रवि लामिछानेले संचारकर्मबाट विदा दिँदै चुनावमा उठ्ने तयारी गरिरहेका बेला काठमाडौं सरस्वती नगरका विजय तिमिल्सिनाले काठमाडौं क्षेत्र नम्बर तीनबाट उम्मेदवारी घोषणा गरेका हुन्।

परम्परावादी राजनीतिक दलबाट जनआकांक्षा अनुसार काम नभएको भन्दै स्वतन्त्र उम्मेवारी दिएर जनताको परिवर्तनको चाहना पूरा गर्न आफू चुनावमा उठ्न लागेको उनको भनाइ छ।

मुलुकमा राजनीतिक स्थिरता कायम गर्न जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने राजनीतिक मार्गचित्रसहित तिमिस्लिनाले उम्मेदवारी घोषणा गरेका हुन्। उनले संघीयता खारेजी, सरकारी बजेटको सही सदुपयोग र दीर्घकालीन विकासको अवधारणा दिएर जनमाझ जाने बताए।

दलबाट निर्वाचित प्रतिनिधिले दलीय निर्देशनमा काम गर्ने भएकाले जनअपेक्षा अनुसार काम हुन नसकेको यो पटक जनताले स्वतन्त्र उम्मेदवारलाई जिताउने उनले दाबी गरे।

काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, जनकपुर उपमहानगरपालि र धनगढी उपमहानगरपालिकामा गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी विजयी भएपछि स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढ्न थालेको छ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो