रवि लामिछानेका दाजुभाइ नै चुनाव उठ्ने, हरिशरण काठमाडौं- ३ का उम्मेदवार

डिसी नेपाल
६ असार २०७९ १२:५२

काठमाडौं। टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछानका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठने भएका छन्। दशकौं लामो सक्रिय सञ्चारकर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण लामिछानेसमेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।

त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सन्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निवर्नचन क्षेत्र कायम गरिनेछ । मेरो हकमा काठमाडौ–३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु,’ हरिशरणले घोषणा गरेका छन, ‘सम्भवतस् काठमाडौं- १ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नु हुनेछ।’

काठमाडौंबाहेक अन्यत्र पनि उम्मेदवार घोषणा गर्ने लामिछानेले जनाएका छन् । ‘काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्नु हुनेछ बाँकी कुरा यही १७ र १८ असारमा राष्ट्रिय भेलाले तय गर्नेछ,’ हरिशरणले भनेका छन् । उनीसँग पनि लामो समय रेडियो पत्रकारिताको अनुभव छ ।

यसैगरी उनका भाइ रविले भने ७ असारमा राष्ट्रियसभा गृहमा कार्यक्रम आयाेजना गरी उम्मेदवारी घोषणा गर्नेछन् । तर, उनले कुन स्थानबाट निर्वाचन लड्ने, त्यो भने अझै खुलाएका छैनन् । सम्भवत: मंगलबारको कार्यक्रमार्फत उनले सो घोषणा गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *