हतियारधारी युवकले एक्लै गोली हानेर २० सर्वसाधारणको हत्या गरे

डिसी नेपाल
६ असार २०७९ १४:३३

काठमाडौं । पश्चिम अफ्रिकाको मालीमा एक हतियारधारी व्यक्तिले २० जनाको हत्या गरेका छन् । एक व्यक्ति हतियार लिएर आएको प्रहरीले जनाएको छ । उनले जनतामाथि अन्धाधुन्ध गोली चलाउन थालेका थिए ।

यस आक्रमणमा २० जनाले ज्यान गुमाएका छन् । गोली हानाहानपछि घटनास्थलमा अस्तव्यस्त भएको थियो । मानिसहरु आफ्नो ज्यान जोगाउन यता उता दौडिरहेको देखियो । प्रारम्भिक जानकारी अनुसार आक्रमणका क्रममा मानिसहरुमा भागाभाग मच्चिएको थियो । प्रहरीका अनुसार आक्रमणकारीको पहिचान खुल्न सकेको छैन । प्रहरीले स्थितिलाई नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ ।

यसअघि अमेरिकाको ओक्लाहोमामा गोली चलेको थियो । ओक्लाहोमाको तुल्सास्थित अस्पताल क्याम्पस भवनमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । यहाँ एक व्यक्ति बन्दुक लिएर मेडिकल अफिसको भवनमा प्रवेश गरी फायरिङ गरेका छन् । जसमा चार जनाको मृत्यु भएको छ । आक्रमणपछि उक्त व्यक्तिले आफ्नो ज्यान समेत लिएको आशंका गरिएको छ ।

जहाँ मे महिनामा अमेरिकाको टेक्सासमा गोली चलेको घटना बाहिर आएको थियो । जसमा १९ विद्यार्थीसहित २३ जनाको मृत्यु भएको थियो । यसमा २ जना शिक्षक पनि संलग्न थिए । यसअघि मे महिनामा पनि बफेलोको सुपरमार्केटमा गोली चलेको थियो । यहाँ एक गोरा मानिसले गोली चलाएको थियो। त्यसमा १० कालाको मृत्यु भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *