सहकर्मीको लिंग समातेर ‘सानो छ’ भन्दै चिच्याउने प्रहरी अधिकारी बर्खास्त

डिसी नेपाल
६ असार २०७९ १४:४७

काठमाडौं । सहकर्मीको लिंगको आकारलाई लिएर मजाक गर्ने बेलायतका एक प्रहरी अधिकारी बर्खास्तगीमा परेका छन् । आफ्ना एक नयाँ सहकर्मीमाथि यौन दुर्व्यवहार गर्ने विल्टसायर प्रहरी विभागका प्रहरी अधिकृतलाई पाँच दिनको सुनुवाईपछि बिना सूचना बर्खास्त गरिएको हो ।

म्यान्चेस्टर इभिनिङ न्युजका अनुसार आरोपी आडम रिड्ले प्रहरी स्टेसनमै अन्य सहकर्मीका अगाडि पीडितको ट्राउजर खोलेर उनको लिंग छुँदै ‘निकै सानो’ भन्दै खिल्ली उडाएको स्वीकार गरेका छन् । सुनुवाईका क्रममा सो घटनालाई उनले जोकको संज्ञा दिएका थिए ।

उक्त घटना सन् २०२१ को नोभेम्बरमा डिभाइज प्रहरी चौकीमा भएको थियो । त्यतिबेला पीडित प्रहरी सेवामा भर्खरै भर्ना भएका थिए ।
अदालतले रिड्सलाई आफ्नो सबै कर्तव्यबाट हटाएको थियो । अदालतले रिड्सलाई बेलायतको कुनै पनि प्रहरी सेवामा काम गर्न अनुमति नदिएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *