अचानक केबलकार बिग्रिएपछि ७ जना पर्यटक हावामै अड्किए

डिसी नेपाल
६ असार २०७९ १५:२८

काठमाडौं । हिमाचल प्रदेशको केबलकारमा प्राविधिक समस्या आएपछि सोमबार परवानु टिम्बर ट्रेल केबलकारमा ८ जना अलपत्र परेका छन् । सोलन जिल्लाका एसपीका अनुसार उनीहरुको उद्धारका लागि अर्को केबलकार ट्रली तैनाथ गरिएको छ । ‘टिम्बर ट्रेल अपरेटरको प्राविधिक टोली तैनाथ गरिएको छ र प्रहरी टोलीले स्थितिको अनुगमन गरिरहेको छ’, एसपीले भने।

पछिल्लो रिपोर्ट अनुसार उक्त क्षेत्रमा उद्धार टोली खटाइएको छ र यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको छ। फसेका पर्यटकहरूको भिडियो सन्देशले केबलकार भित्र फसेका मानिसहरू मध्य हावामा अलपत्र परेको देखाइएको छ जबकि मानिसहरूले मद्दतको लागि अपील गरेका छन्। भिडियोमा मानिसहरूले आफूहरू एक घण्टाभन्दा बढी समयदेखि केबलकारमा फसेको तर पनि उद्धार नभएको दाबी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *