रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता
किभ। युक्रेन युद्धबीच रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ। भन्सार तथ्यांकले उक्त जानकारी दिएको हो। युक्रेनमाथि आक्रमण गरेपछि मस्कोमाथिको प्रतिबन्धबीच मे महिनामा रुसबाट चीनको तेलको आयात ५५ प्रतिशतले बढेको छ।
मे महिनामा चीनले रुसबाट करिब ८ दशमलब ४२ मिलियन टन तेल आयात गरेको थियो। पश्चिमा देशले जस्तो बेइजिङले रुसी हमलाको निन्दा गरेको छैन्।
यसै वर्षको फेब्रुवरीमा चीन र रुसले दुई देशबीचको मित्रताको कुनै सीमा नभएको जनाएका थिए।
यसबाहेक चिनियाँ राष्ट्रपति सी जिनपिङले गत हप्ता आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई बेइजिङले मस्कोको ‘सार्वभौमिकता र सुरक्षा’लाई समर्थन गर्ने आश्वासन दिएका थिए।
रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरूले मस्कोमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment