सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुलमाथि पाँचौ पटक सोधपुछ हुँदै

डिसी नेपाल
७ असार २०७९ ८:४१

नयाँ दिल्ली। कांग्रेस नेता राहुल गान्धीलाई प्रवर्तन निर्देशनालय (ईडी)ले आज पाँचौँ दिन पनि सोधपुछका लागि बोलाएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलमाथि चार दिनमा ४० घण्टासम्म सोधपुछ गरिएको छ । गत साता सोमबारदेखि बुधबारसम्म राहुललाई ३० घण्टाभन्दा बढी सोधपुछ गरिएको थियो ।

यसैबीच, कोभिडसम्बन्धी समस्याका कारण गत साता अस्पताल भर्ना भएकी कंग्रेस प्रमुख सोनिया गान्धी उपचारपछि सोमबार साँझ डिस्चार्ज भएकी छिन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा छोरा राहुलसँग उनलाई पनि बोलाइएको छ । अस्वस्थताका कारण जुन २३ सम्मको समय दिइएको छ । नेसनल हेराल्ड मामिलामा ईडीले राहुल र सोनियाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *