अस्पतालका कर्मचारीले नवजात शिशुको टाउको काटेर महिलाको गर्भमा छोडेपछि…

डिसी नेपाल
७ असार २०७९ ८:५८
464
Shares

इस्लामाबाद। पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ। उक्त दुखद घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले मेडिकल जाँच बोर्ड गठन गरेको छ।

‘थरपार्कर जिल्लाको दूर गाउँकी हिन्दू महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन्। तर, महिला रोग विशेषज्ञ उपलब्ध नभएकोले अनुभवहीन कर्मचारीले उनलाई ठूलो आघात पुर्यायो’, जामशोरोको लियाकत विश्वविद्यालय चिकित्सा तथा स्वास्थ्य विज्ञान (एलयूएमएचएस)का स्त्री रोग एकाईका प्राध्यापक राहिल सिकन्दरले भने।

अप्ठ्यारो शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको पेटमा रहेको नवजात शिशुको टाउको काटेर भित्रै छोडिदिएको उनले बताए।

ती महिलाले ज्यान जोखिममा परेपछि उनलाई परिवारले नजिकैको मिठी अस्पतालमा लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि अन्ततः उनलाई एलयूएमएचएस लगिएको थियो, जहाँ नवजात शिशुको बाँकी शव आमाको कोखबाट निकालेर उनको जीवन बचाइएको थियो।

सिकन्दरले बच्चाको टाउको भित्रै फसेको, आमाको पाठेघर च्यातिएको र ज्यान जोगाउन उनको पेट खोलेर शल्यक्रिया गरेर टाउको निकाल्नु परेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *