जसले ५१ वर्षपछि पुस्तकालयलाई पुस्तक फिर्ता गरे, किताबसँगै पठाए यस्तो नोट

डिसी नेपाल
७ असार २०७९ १३:२६
1.4k
Shares

भ्यानकुभर। कुनै पनि पुस्तकालयबाट पुस्तक लगेपछि प्रायः मानिसले तोकिएको मितिमा नै पुस्तक फिर्ता गर्नुपर्ने हुन्छ। तर, एक जना यस्ता व्यक्ति भेटिएका छन् जसले दशकौँपछि पुस्तक फिर्ता गरेका छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ। क्यानडाको भ्यानकुभरमा यस्तै घटना भएको छ।

त्यहाँको सार्वजनिक पुस्तकालयले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बीर सेयर गर्दै ५१ वर्षपछि एउटा किताब ठ्याक्कै उस्तै अवस्थामा फर्किएको जनाएको छ। कितावसँगै एउटा मन छुने नोट पनि पठाइएको छ।

‘तपाईको पुस्तकालयबाट। धेरै माफ गर्नुहोस् यो अलि ढिलो भयो । ५१ वर्ष भयो । तर, धेरै राम्रो अवस्थामा छ। धन्यवाद।’, नोटमा भनिएको छ। भ्यानकुभर पब्लिक लाइब्रेरी अफ साउथ हिलले सार्वजनिक गरेको तस्बीरअनुसार ‘द टेलिस्कोप’ नामको पुस्तक ह्यारी एडवर्ड निलले लेखेका हुन्।

पुस्तकभित्रको कार्डमा लगाइएको छापमा पुस्तक बुझाउने अन्तिम मिति सन् १९७१ को २० अप्रिल उल्लेख छ। पुस्तकको तस्बीर पुस्तकालयले जुन ७ मा क्याप्ससहित सेयर गरेको थियो। क्याप्सनमा लेखिएको छ, ‘यस पुस्तकमा भएको यस्तो रमाइलाे नोट हाम्रो दक्षिण हिल शाखामा केही ढिलो (५१ वर्ष !) पछि फर्कियो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *