देशको जुनसुकै क्षेत्रबाट उम्मेदवारी दिन्छुः रवि लामिछाने

डिसी नेपाल
७ असार २०७९ १४:१३

काठमाडौं। सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछाने आफू देशको जुनसुकै स्थानबाट निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । ‘मलाई झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन लागेको छ । हार्ने सुविधा छैन् । राजनीति राजनीति जस्तै गर्नुपर्छ । सुझबुझका साथ जहाँबाट प्रतिकृया आउछ त्यहाँबाट उम्मेदवार दिन्छु’, मंगलबार राजधानीको सभागृहमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने ।

उनले अगाडि थपे, ‘एक जनालाई संसद् छिर्न म रोक्छु । अर्कोलाई रोक्न तपाइँ आउनुहोस । बेतिथीको मेन स्वीच अफ गरौँ । ’ अबको निर्वाचनमा जान्नेलाई छान्ने र त्यसको सुरुवात आफूहरुले गर्ने उनले बताए । यसैबीच, नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी प्रस्ताव गरेका छन् ।

‘यो सुशासनको घन्टी हो । भ्रष्टाचारका लागि जनाउ घन्टी हो । विकास र सुशासनको घन्टी हो ।’ चुनाव चिह्न प्रस्ताव गर्ने क्रममा उनले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *