राष्ट्रपति निर्वाचनका लागि भाजपा नेतृत्वको एनडीएकी उम्मेदवार द्रौपदी को हुन् ?

डिसी नेपाल
८ असार २०७९ ९:५२
464
Shares

नयाँ दिल्ली। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले आगामी चुनावको लागि द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ।

भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिश गरेको बताए। आदिवासी नेतृ द्रौपदी मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन्। निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र देशको दोस्रो महिला राष्ट्रपति बन्नेछिन्।

‘पहिलो पटक महिला आदिवासी उम्मेदवारलाई प्राथमिकता दिइएको छ। हामी आगामी राष्ट्रपति चुनावका लागि द्रौपदी मुर्मुलाई एनडीएको उम्मेदवारको रूपमा घोषणा गर्छौं’, बीजेपी प्रमुख नड्डाले भने।

मुर्मुले आफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तिकरण गर्न समर्पित गरेको उनले बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुसँग राम्रो प्रशासनिक अनुभव भएको र उनी राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू ढुक्क भएको बताएका छन्।

‘ उनीसँग राम्रो प्रशासनिक अनुभव छ। उनी हाम्रो देशको महान राष्ट्रपति हुनेछिन् भन्नेमा म ढुक्क छु’, प्रधानमन्त्री मोदीले भनेका छन्। पछिल्लो २० वर्षदेखि भाजपामा आबद्ध उनी भाजपा महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्षसमेत थिइन। १८ जुलाईमा राष्ट्रपतिको निर्वाचन तय गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *