पाकिस्तान-अफगानिस्तानमा शक्तिशाली भूकम्प
काठमाडौं । छिमेकी राष्ट्र अफगानिस्तान र पाकिस्तानमा आज बिहान भूकम्प गएको छ । प्राप्त जानकारी अनुसार यो भूकम्प ६.१ म्याग्निच्युडको थियो । हाल भूकम्पबाट भएको क्षतिको स्पष्ट विवरण आउन सकेको छैन । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको दक्षिणपूर्वमा रहेको थियो ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का इस्लामाबादलगायत अन्य सहरमा पनि महसुस गरिएको थियो । सामाजिक सञ्जालमा पनि मानिसहरुले भूकम्पको चर्चा गरिरहेका छन् । भूकम्पका यी धक्का केही सेकेण्डका लागि महशुस भएको मानिसहरूले लेखेका छन् । तर यसका कारण मानिसहरु डरले यता उता दौडन थालेका थिए ।
यसअघि शुक्रबार पनि पाकिस्तानमा भूकम्प गएको थियो । त्यसपछि इस्लामाबाद, पेशावर, रावलपिण्डी र मुल्तानमा भूकम्पको धक्का महसुस गरिएको थियो । फैसलाबाद, एबोटाबाद, स्वात, बुनेर, कोहट र मलकान्डीमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
अहिलेसम्म भूकम्पको अधिकतम तीव्रता यकिन हुन सकेको छैन । तर, रिक्टर स्केलमा ७.० वा सोभन्दा बढीको भूकम्पलाई मध्यम खतरनाक मानिन्छ। यस मापनमा २ वा सोभन्दा कम म्याग्निच्युडको भूकम्पलाई प्रायजसो महसुस नहुने भूकम्पलाई सूक्ष्म भूकम्प भनिन्छ। ४.५ म्याग्निच्युडको भूकम्पले घरमा क्षति पुर्याउन सक्छ ।







डिसी नेपाल







Facebook Comment